
पोखरा । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन सरकारले सबै प्रयासहरू अगाडि बढाएको बताएका छन् । सातै प्रदेशका पर्यटन मन्त्रीहरूको बुधबारबाट पोखरामा सुरु भएको बैठकलाई सम्बोधन गर्न मंगलबार पोखरा पुगेका पर्यटन मन्त्री पाण्डेले नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा आयोजित अगुवा कार्यकर्ताहरूलाई पार्टी कार्यालयमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘विमानस्थल सञ्चालनका लागि सरकारले कार्ययोजना समेत पास गरी यात्रु तथा विमान कम्पनीहरूलाई छुट दिने निर्णय गरिसकेकाले पनि अन्तर्राष्ट्रिय उडानहरू छिट्टै सञ्चालनमा आउँछन्,’ उनले भने । उनले भारत र चिन सरकारसँग पनि पटकपटक कुराकानी भइरहेको र विमान कम्पनीहरू पनि आउन इच्छुक रहेको बताए ।
आइकाओले नेपाली आकाश असुरक्षित भनिरहेको वर्तमान अवस्थामा हामीले हाम्रा उडानमा गुणात्मक सुधार गरी नेपाल सुरक्षित गन्तव्य हो भन्ने प्रमाणित गर्नुपर्नेमा जोड दिए । पर्यटनमन्त्री पाण्डेले मुलुकको आर्थिक विकासका लागि पर्यटन व्यवसायलाई उत्कृष्ट बनाउनुपर्ने भन्दै यसमा विमानस्थलको पनि प्रमुख भूमिका रहने जिकिर गरे । उनले पर्यटनलाई रोजगारीको प्रमुख माध्यम बनाई युवाहरूलाई देशमै रोक्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।
नेपाली कांंग्रेसका सहमहामन्त्री समेत रहेका मन्त्री पाण्डेले कांग्रेस र एमाले मिलेर बनेको यस सरकारले हरेक क्षेत्रमा सहकार्य गरी मुलुकलाई निकास दिनुपर्नेमा विशेष जोड दिए । उनले आगामी ०८४ को निर्वाचनमा मुख्य रूपमा एमालेसँग प्रतिस्पर्धा हुने भए पनि त्यसलाई स्वच्छ प्रतिस्पर्धाका रूपमा लिनुपर्ने बताए । उनले नेपाली कांग्रेस पार्टी भित्र भएको गुट–उपगुटको तिक्ततालाई हटाई पार्टीको सङ्गठनलाई बलियो बनाएर अगाडि बढ्न कार्यकर्ताहरूलाई आग्रह समेत गरे ।
यसैगरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री पाण्डेले पोखराको रातोपैरोस्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको निरीक्षण गर्दै सङ्ग्रहालयले पर्यटकीय राजधानी पोखरालाई व्यवस्थित बनाउनका लागि सहयोग पुर्याएको बताए ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम