
काठमाडौं । टुरिजम रिसर्च एण्ड टेनिंग इन्स्टिच्युट (टिआरटिआइ) को तेस्रो नेशनल टुरिजम कन्फ्रेन्स सम्पन्न भएको छ । कोशी, मधेश र बागमती प्रदेशका चारवटा विद्यालयका विद्यार्थीले सातै प्रदेशलाई प्रतिनिधित्व गरेर सांस्कृतिक नृत्य तथा पर्यटन र सम्भावनाका विषयमा खोजमूलक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा पर्यटनमा योगदान पुराउने पाँचजना युवालाई सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले पर्यटनको सम्भावनालाई उजागर गर्न अनुसन्धान आवश्यक रहेको बताए । ‘नेपालमा पर्यटन बलियो भविष्य र सम्भावनाले भरिएको क्षेत्र हो । तर यसमा जति अनुसन्धान हुनु पर्ने हो त्यो हुन सकको छैन । विविधताले भरिपूर्ण नेपाल पर्वतीय र साहसिक पर्यटनको गन्तव्यका रूपमा विश्वमा बढी परिचित रहेकाले नेपाललाई लाइभटाइम एक्सपेरियन्सका रूपमा अगाडि बढाउने गरी हामी काम गर्दैछौँ,’ उनले भने ।
त्यस्तैगरी, पूर्वसचिव केदारबहादुर अधिकारीले पर्यटन समृद्धिको आधारमार्फत देशलाई समुन्नत बनाउन दिगो पर्यटनको आधार र सम्भावनाबारे प्रस्ट हुनुपर्ने बताए । पर्यटन व्यवसाय अर्थतन्त्रमा समेत ठुलो योगदान पुराउने क्षेत्र भएकाले नेपाल जस्तो भूपरिवेष्टित र विकासोन्मुख राष्ट्रका लागि पर्यटन विकासको आवश्यकता रहेकोमा उनको जोड थियो ।
टीआरटीआइका अध्यक्ष मदनकुमार बरालले नेपालमा पर्यटनका अपार सम्भावना रहेकाले यसको प्रर्वद्वनमा राज्य र नागरिक सबैले एकजुट भएर लाग्नु पर्ने बताए । संस्थाका निर्देशक सरोज प्याकुरेलले देशमा पर्यटन सचेतनाका आवश्यकता औँल्याउँदै त्यसका लागि संस्थाले नेपाल टुरिजम बोर्डको सहकार्यमा देशभर १४५ वटा टुरिजम क्लबहरू गठन गरिएको जानकारी दिए ।
कार्यक्रममा शिक्षाविद् विद्यानाथ कोइराला, होमस्टे महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष धनेश्वर बस्याल, हस्पिटालिटि एजुकेशनिष्ट वसन्त प्रसाद जोशी तथा लिभ्लिउड एस्सपर्ट तथा एसटिएलआरपीका एक्टिंग एनपीएम धर्म दवाडीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पर्यटन र शिक्षा क्षेत्रमा योगदान पुर्याउँदै आएका पाँच जनाले सम्मान तथा दुई जनालाई विद्यार्थी पर्यटन दूत तथा युवा पर्यटन दूत नियुक्त गरिएको छ । कार्यक्रममा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका विद्यासागर स्कुल बौद्ध प्रथम, जनकपुरको मोनाष्टिक स्कुल द्वितीय तथा कीर्तिपुरको नेपाल एपिएफ स्कुललाई क्रमशः, १५ हजार, १० हजार र पाँच हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरिएको छ ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना