
काठमाडौं । कोल पाल्मर एक्लैले चार गोल गरेपछि चेल्सीले इङ्लिस प्रिमियर लिगमा डिफेन्डिङ च्याम्पियनसँगको अंक दूरी एकमा छोट्टाएको छ । स्ट्यामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीले ब्राइटनलाई ४–२ ले हराएको हो ।
जितसँगै ६ खेलबाट चेल्सीले १३ अंक पुर्याएको छ । जुन शीर्ष स्थानमा रहेको लिभरपुल भन्दा २ अंक कम हो । समान खेलबाट ९ अंक जोडेको ब्राइटन भने आठौं स्थानमा छ । जर्जिनियो रुटरको गोलमार्फत ब्राइटनले सातौं मिनेटमै सुरुआती अग्रता लिएको थियो । तर, पाल्मर चम्किएपछि चेल्सी त्यसको १४औं मिनेटमा पुनरागमन गर्न सफल भयो ।
पाल्मरले २१, २८ र ३१ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । ३४औं मिनेटमा कार्लोस बालेबाले गोल गर्दै ब्राइटनलाई ३–२ को स्थितिमा ल्याएका थिए । तर, ४१औं मिनेटमा पाल्मरले अर्को गोल थप्दै चेल्सीलाई ४–२ को सहज जित दिलाए ।
फेसबुक प्रतिक्रिया













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम