
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) फाइनलमा पुगेको छ । हिजो भएको पहिलो क्वालिफायरमा पन्जाब किङ्ग्सलाई ८ विकेटले हराउँदै बेङ्गलुरु फाइनलमा पुगेको हो ।
पन्जाबले दिएको १ सय २ रनको लक्ष्य बेङ्गलुरुले १० ओभरमा २ विकेट गुमाउँदै पूरा ग¥यो । बेङ्गलुरुका फिल साल्टले अविजित ५६ रन बनाए । पन्जाबका क्याल जेमिसन र मुसिर खानले समान १ विकेट लिए । त्यसअघि न्यू चण्डिगढमा रहेको महाराज योद्धाभिन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पन्जाबले सबै विकेट गुमाउँदै मात्र १ सय १ रनमा समेटियो ।
पन्जाबका मार्कस स्टोइनिसले २६ रन बनाए । बेङ्गलुरुका सुयश शर्मा र जोश हेजलउडले समान ३ विकेट लिए । पन्जाबले फाइनल प्रवेशका लागि इलिमिनेटर खेलको विजयी टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ । आज गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबीच इलिमिनेटर खेल हुँदैछ ।













समाचार
बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्या: तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्
करोडौँ खर्चेर बनेको खुट्टीखोला सिँचाइ आयोजना अलपत्र: खेतसम्म पानी नपुग्दा किसान आकाशे पानीकै भरमा
साँझपख झनै चम्कन्छ भानुचोक
याङवरक पोखरी खानेपानी योजना सम्पन्न
दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल
गुराँस लघुवित्तको सेयरमूल्य समायोजन
नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
दोहाेरो वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज