
काठमाडौं । प्रथम अल नेपाल अन्डर १९ ब्वाईज बास्केटबल प्रतियोगिताको उपाधि मनास्लुले जितेको छ । सोमबार भएको फाइनल खेलमा इम्प्याकट हूप्सलाई पराजित गर्दै मनास्लुले उपाधि उचालेको हो ।
उपाधि सहित मनास्लुले २० हजार रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्यो भने उपविजेता इम्प्याकट हूप्सले १० हजार नगद सहित ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गरेको आयोजकका अध्यक्ष फुर्वा छिरीङ शेर्पाले जानकारी दिए । अल नेपाल युवा क्लबद्वारा असोज १४ गते विजया दशमी तथा शुभ दिपावलीको अवसरमा युवा र विद्यार्थीहरुलाई खेलकुदको मार्फत जोडने उद्देश्यको साथ प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगिता सिमलटर स्थित डंकमान्डु बास्केटबल कोर्टमा सम्पन्न भएको हो ।
प्रतियोगिताको विजेता र उपविजेता टोलीलाई प्रमुख अतिथि तथा नेपाल बास्केटबल संघ केन्द्रीय अध्यक्ष भिम सिंग गुरुङले ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।













समाचार
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह
प्रधानमन्त्रीसँग छलफल सकेर फर्कंदा सिंहदरबारबाटै पक्राउ परे किस्पाङ गाउँपालिका अध्यक्ष
एटीएमबाट अब १०० रुपैयाँका नोट पनि निकाल्न पाइने, राष्ट्र बैंकले बैंकहरूलाई दियो निर्देशन
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति
कृष्णभीरको सडक सञ्चालनमा आएपछि ग्यास सहज हुन्छ : आयल निगम
सेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार साढे ४ अर्ब माथि
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती