
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले ५१ लाख रुपैयाँ सहयोग गरेको छ । हालै मुलुकभर आएको अविरल वर्षासँगै गएको बाढीपहिरोको कारण ठूलो धन जनको क्षति भएपछि कोषले उक्त रकम सहयोग गरेको हो ।
शुक्रबार सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्य बहादुर थापा र कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा जम्मा गरिएको छ । चेक हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री दैवी प्रकोप कोषमा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गरेकामो कोषलाई धन्यबाद दिए ।
यही असोज ११ र १२ गते देशका विभिन्न भू–भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट उत्पन्न असहज अवस्थालाई सहयोग पु¥याउन कोषले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरेको हो । यो भन्दा अघि पनि कोषले सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक र भौतिक सहयोग गर्दै आइरहेको छ । उक्त वर्षाको कारण करिब १७ अर्ब रुपैयाँ बराबर नोक्सानी भएको क्षतिको प्रारम्भिक प्रतिवेदनमा उल्लेख भए पनि क्षतिको विवरण यो भन्दा बढी हुन सक्ने बताइएको छ ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना