
काठमाडौं–कर्णाली प्रदेशको हिमाली जिल्लामा उत्पादित स्याउले यसवर्षका दशैँमा राम्रो बजार पाएको छ । जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको स्याउले बजार पाएपछि स्थानीय बजारमा भारतलगायत अन्य देशबाट आयातीत स्याउको बिक्रीमा केही प्रभाव पारेको उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष लक्ष्मण कंडेलले बताए । कंडेलका अनुसार सुर्खेत, छिन्चु, कोहलपुर र नेपालगन्जलगायत भारतीय सीमा जोडिएका नेपाली बजारमा पनि कर्णालीको स्याउको राम्रो कारोबार भएको छ ।
j
चीन र भारतको स्याउ बढी खपत हुने गरेको नेपालगन्जमा पछिल्लो पटक यो सिजनमा उत्पादन भएको कर्णालीको स्याउले बजार लिएको बाँके कोहलपुरका कृष्ण ओलीले जानकारी दिए । सुर्खेतको विरेन्द्रनगरका व्यापारी कमान जिसीले भारतीय स्याउ प्रतिकिलो एक सय ५० देखि दुई सय ५० रुपैयाँ र चीनको स्याउ प्रतिकिलो एक सय ६० रुपैयाँभन्दा बढीमा बिक्री भइरहेका बेला कर्णालीको स्याउ सुर्खेत र नेपालगन्जमा प्रतिकिलो ९० देखि एक सय २० सम्ममा पाइन थालेपछि बजार विस्तारमा केही सघाउ पुगेको बताए ।
गएको भदौमा सडक अवरुद्ध हुँदा केही समस्या भएपनि दशैँका बेलामा मुगु, जुम्ला तथा डोल्पाबाट स्थलमार्ग हुँदै आएको स्याउले बजार पाएको किसान र व्यापारीले बताएका छन् ।













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै