
काठमाडौं । देशभर पश्चिमी वायुका साथै बङ्गालको खाडीमा विकसित चक्रवात “दाना” को आंशिक प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी प्रदेशको एक–दुई स्थानहरूमा हल्का वर्षा भईहेको छ ।
आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राति कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेश लगायत देशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।












समाचार
पोखरा एभेन्जर्स र नेपोभिट टायल्सबीच सम्झाैता
रास्वपा कम्युनिष्ट पार्टीको मुख्य शत्रु हो : झलनाथ खनाल
गृहमन्त्रीले थाले गरिमाका बुबा-आमासँग छलफल
यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : ओली
‘छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ’: प्रधानन्यायाधीश शर्मा
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’
साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’
पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला