
झापा । सभामुख देवराज घिमिरेले शिक्षा क्षेत्र पुरानै नीतिअनुसार चलिरहेको बताउँदै चाँडै शिक्षा विधेयक पास गरेर ऐन निर्माणको तयारी भइरहेको बताएका छन् । आज विर्तामोडस्थित इन्द्रचन्द्र क्याम्पसको ११ औँ साधारणसभालाई सम्बोधन गर्दै उनले शिक्षा क्षेत्रमा तीव्र प्रतिस्पर्धा भइरहेको र सोही अनुसार मेहनत गर्न शिक्षा क्षेत्रमा कार्यरत सम्पूर्णलाई आग्रह गरे ।
‘विद्यार्थीहरु गुणस्तरीय र सुविधा सम्पन्न शैक्षिक संस्था खोजिरहेका छन्,’ उनले भने, ‘सोहीअनुसार व्यवस्थापन गर्न सक्नुपर्छ ।’ क्याम्पस प्रमुख प्रकाश दाहालले क्याम्पसको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे । सो अवसरमा जग्गादाता, अक्षयकोषका दाताहरु, उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
पेट्रोलियम पदार्थको मूल्य यथावत
पूर्वाधारसँगै कृषि र पशुपालनमा जोड दिँदै म्याग्दे
क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन
रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो
चिनाखेतवासीलाई पहिरोले दिएको पीडा
स्थापना भएको २७ वर्षपछि सघन उपचार कक्ष सञ्चालन
भोटेकोशी–त्रिशूली बाढीमा क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा
पहिरो प्रभावितलाई श्रमदानबाट अस्थायी आवास
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै