
पर्सा । वीरगञ्जको नारायणी अस्पताललाई थप व्यवस्थित गराउन गुरुयोजनाको काम अघि बढाइएको छ । जीर्ण भवन र जनशक्तिे अभावको समस्या खेप्दै आएको अस्पताललाई व्यवस्थित रूपमा सञ्चालनका लागि गुरुयोजना बनाउन लागिएको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा.चुमनलाल दासले अस्पताललाई पाँच सय शय्यामा स्तरोन्नति गरेर व्यवस्थित गर्न गुुरुयोजनाको काम अघि बढाइएको जानकारी दिए । ‘एकातर्फ अस्पतालका भवनका संरचना जीर्ण अवस्थामा छन् । अर्कातर्फ भएका भवन छरिएर रहेकाले पनि स्वास्थ्य सेवा प्रवाह गर्न समस्या भइरहेको छ’, उनले भने, ‘अस्पताललाई व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक पर्ने गुरुयोजना निर्माणको काम अघि बढाइरहेका छौँ ।’
‘अस्पतालको पूर्वाधार व्यवस्थित गर्न गुरुयोजना निर्माणको काम भइरहेको छ’, मेसु दासले भने, ‘पाँच वर्षअघि अस्पताल भवन निर्माण गर्ने मुद्दा टुङ्गो नलाग्दा पनि भवन निर्माण हुनसकिरहेको छैन ।’ मेसु दासले नारायणी अस्पताललाई पाँच सय शय्यामा विस्तार गर्न ढिला गर्न नहुने धारणा व्यक्त गरे । ‘अस्पतालको गुरुयोजनामा सबैभन्दा पहिला अस्पतालका लागि आवश्यक पर्ने संरचना निर्माणमा जोड दिनेछौँ’, उनले भने, ‘अस्पतालमा कार्यरत चिकित्सकका लागि आवासलगायत संरचना निर्माणको कामलाई दोस्रो प्रथामिकतामा राखेका छौँ ।’
अस्पतालको नयाँ आकस्मिक कक्षको ब्लकलाई स्वास्थ्य सेवालाई एकीकृत ढङ्गले गर्ने प्रयास गरिरहेको उनको भनाइ छ । ‘ल्याब, इको, अल्टासाउण्ड, फिजियोथेरापीलगायत सेवालाई व्यवस्थित गर्ने जमर्काे गरिरहेका छौँ’, उनले भने, ‘जीर्ण भएका भवनबाट सारेर अन्य सेवालाई एकीकृत गर्ने प्रयास जारी छ ।’ उपचारका लागि आउने सेवाग्राहीलाई सहज गराउने उद्देश्यले काउन्टरलाई व्यवस्थित गर्ने काम भइरहेको जनाएको छ । ‘ल्याब इन्फर्मेसन सेन्टर पनि केही समयभित्रै सञ्चालन गर्ने तयारी भइरहेको छ’, उनले भने, ‘अहिलेसम्म त ‘म्यानुअल’ ढङ्गबाटै ल्याबको सूचना दिँदै आइरहेका छौँ ।’ अस्पतालमा चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी गरेर साढे तीन सयको हाराहारीमा छन् ।













समाचार
त्रिधार्मिकस्थल हलेसीमा ‘बोलबम’ मेला भर्ने दर्शनार्थीको भीड
सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति
चिनाखेतका पहिरो पीडितलाई नगरपालिकाको राहत
धनकुटामा किसानको सहभागितामा कोदोका १० जातको परीक्षण सुरु
ब्राउन सुगरसहित एक जना पक्राउ
पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की १५ लाख धरौटीमा थुनामुक्त
मधेशको पछिल्लो घटनाबारे गृहमन्त्री र उद्योगमन्त्रीले गरे सांसदहरूसँग छलफल, कसले के भने ?
युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु
साँस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान दिइने
पाकिस्तानको ब्रड पिक हिमाल आरोहणका क्रममा मृत्यु भएका किलुको मंगलबार अन्त्यष्टि हुने