
पाल्पा । पाल्पामा सुन्तलाखेती प्रवर्दन गर्न रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाको आयोजनामा यही मङ्सिर २२ र २३ गते सुन्तला महोत्सव हुने भएको छ ।
महोत्सव सञ्चालनका लागि रैनादेवीछहरा र रिब्दीकोट गाउँपालिकाले रु पाँच लाखका दरले रु १० लाख प्रदान गरेका महोत्सव आयोजक समितिका संयोजक दानबहादुर कुँवरले जानकारी दिए । महोत्सव सुन्तलाको बजार, प्रविधिबारे बुझ्ने र सीप सिक्ने अवसर हुने उनले बताए ।
सुन्तलाका दाना, जुस, जाम तथा अन्य वस्तु महोत्सवमा प्रदर्शन गरिनेछ । महोत्सव रैनादेवी छहरा गाउँपालिका–५ कनौजेपानी खेलमैदानमा हुनेछ । गत वर्ष पनि रिब्दीकोट गाउँपालिकाको आयोजनामा सुन्तला महोत्सव भएको थियो । महोत्सवमा कृषि उपज, कागती, अमिलो, जुनार, मुन्तला पनि समावेश गरिने जानकारी उनले दिए ।
रैनादेवीछहरा र रिब्दीकोट गाउँपालिकाका पाँच सय बढी किसानले व्यावसायिक रूपमा सुन्तलाखेती गर्दै आएका छन् । उनीहरूले गत वर्ष रु ४६ करोडको सुन्तला बेचेका कृषि ज्ञान केन्द्रले जनाएको छ ।













समाचार
मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण
तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर
माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन
डोको बुन्दै, सीप सिकाउँदै
नयाँ बसपार्कमा टिकट लिन रातिदेखि यात्रुको लाइन
शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु अरुका लागि अनुकरणीय
पाकिस्तानलाई १.२ अर्ब डलर सहयोगमा आईएमएफको सहमति
बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर
कांग्रेस १५औँ महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान
मनसुनी वायुको प्रभाव कायमै, ती प्रदेशमा भारी वर्षाको सम्भावना