
काठमाडौं । निर्वाचन आयोगले सबै प्रदेश र जिल्ला निर्वाचन कार्यालयबाट आजदेखि मतदाता नामावली दर्ता कार्य सञ्चालन गर्ने भएको छ । पालिकाको रिक्त पदमा उपचुनावको मिति घोषणा भएपछि असोजको पहिलो हप्तादेखि नामावली संकलन कार्य रोकिएको थियो ।
निर्वाचन आयोगको पदाधिकारी बैठकले रोकिएको नामावली संकलन, दर्ता तथा अद्यावधिक गर्ने कार्य आजदेखि नियमित शुरू गर्ने निर्णय गरेको थियो । आयोगले पेसा, व्यवसाय वा अन्य कारणले आफ्नो स्थायी ठेगानाभन्दा फरक अर्को कुनै पालिका वा प्रदेशमा बसोबास गरे पनि प्रि–रजिस्ट्रेसन प्रणालीमार्फत आवेदन गर्न सक्ने व्यवस्थासमेत मिलाएको छ ।
आयोगले दर्तासँगै नामावलीमा रहेको त्रुटि सच्याउने, दोहोरो नाम भएको भए हटाउने र मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्नेलगायतका कामसमेत प्रि–रजिस्ट्रेसन प्रणालीमार्फत गर्न सक्ने आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । मतदाता नामावलीमा नाम दर्ताको लागि नागरिकता आवश्यक पर्छ । यस्तै नागरिकतामा उल्लेखित ठेगाना भन्दा मतादाता नामावली रहने ठेगाना फरक पर्ने भएमा विवाह दर्ता तथा बसाइँसराइ दर्ताको प्रमाण आवश्यक पर्ने आयोगले जनाएको छ ।













समाचार
अमुदी फुड्सको यात्रा : उत्पादन विविधीकरण, क्षमता विस्तार र आइपीओ योजनासँगै राष्ट्रिय खाद्य ब्रान्ड बन्ने लक्ष्य
धाप बाँधको अवस्था सामान्य, आत्तिनुपर्ने अवस्था छैन
क्यूआर कोडमार्फत हुने कारोबार रकम २५ अर्ब रुपैयाँले घट्यो
गण्डक ब्यारेजमा पानीको बहाव उच्च, सतर्क रहन आग्रह
विवादस्पद बनेका गड्डाचौकीका भन्सारका अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
वर्षाले नेपाल–भारत दुई सीमा स्तम्भ डुबानमा
ऊर्जामन्त्री श्रेष्ठ र एडिबी राष्ट्रिय निर्देशक कोशवाबीच भेट :बाढीपछि एडीबीले वैज्ञानिक तथा प्राविधिक सहयोग गर्ने
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान