
वालिङ । यहाँको भीरकोट नगरपालिकाले आँधीखोलामा तटबन्ध निर्माणलाई प्राथमिकताकामा राखी काम सुरु गरेको छ । आँधीखोलाले बर्सेनि खेतीयोग्य उर्वर भूमि कटान गरेकाले रोकथाम तथा खोला नियन्त्रणका लागि नगरपालिकाले गौरवको योजनाका रुपमा तटबन्ध निर्माणलाई तीव्रता दिएको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताए । उनले भने, ‘चालु आर्थिक वर्षमा पालिकाका तर्फबाट तीन करोड ७६ विनियोजन गरी तटबन्ध निर्माण भइरहेको छ ।’
यस वर्ष खोलाको दुईतर्फ एक हजार ७७ मिटर लम्बाइको तटबन्ध निर्माण हुने जनाइएको छ । नगरपालिका तथा गण्डकी प्रदेशले छुट्टाछुट्टै स्थानमा खोला नियन्त्रणका लागि काम गरिरहेकाले आगामी वर्षदेखि तटबन्धले फाइदा पुग्ने उनको भनाइ छ । ‘खोलाको दुवै किनारामा तटबन्ध निर्माणपश्चात् करिडोर निर्माण गरी सवारी साधन सञ्चालन गर्ने योजना छ’, उनले भने, ‘खोलाको दुवै किनारामा तीन किलोमिटर तटबन्ध निर्माण हुन्छ, आगामी दुई वर्षसम्म बाँकी काम सम्पन्न हुन्छ ।’
भीरकोट नपाले गत आव २०८०/८१ मा एक करोड ४८ लाख विनियोजन गरेको थियो । विनियोजित बजेटमध्ये ८८ लाखमा चार सय ३० मिटर निर्माण गर्नेगरी ठेक्का सम्झौता भएको नगरपालिकाका इन्जिनियर सरोज पराजुलीले बताए । आव २०७९/८० मा पालिकामार्फत दुई सय ६० मिटर तटबन्ध निर्माण भएको थियो ।













समाचार
त्रिधार्मिकस्थल हलेसीमा ‘बोलबम’ मेला भर्ने दर्शनार्थीको भीड
सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति
चिनाखेतका पहिरो पीडितलाई नगरपालिकाको राहत
धनकुटामा किसानको सहभागितामा कोदोका १० जातको परीक्षण सुरु
ब्राउन सुगरसहित एक जना पक्राउ
पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की १५ लाख धरौटीमा थुनामुक्त
मधेशको पछिल्लो घटनाबारे गृहमन्त्री र उद्योगमन्त्रीले गरे सांसदहरूसँग छलफल, कसले के भने ?
युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु
साँस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान दिइने
पाकिस्तानको ब्रड पिक हिमाल आरोहणका क्रममा मृत्यु भएका किलुको मंगलबार अन्त्यष्टि हुने