
कैलाली । नेपादली कांग्रेसका नेता एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आमनागरिक र सुशासनसँग सम्बन्धित विषयमा केन्द्रित भएर काम गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । कांग्रेस कैलालीले आज धनगढीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टी र पार्टीको प्रतिनिधित्व गरेका हरेक स्थानमा परिणाममुखी काम गरेको महसुस गराउने गरी अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन् ।
मन्त्री पौडेलले कांग्रेस सरकारमा रहने कुराभन्दा सरकारमा बसेर नागरिकका निम्ति काम गर्नु महत्वपूर्ण विषय भएकाले आफूले सोही नीतिअनुसार काम गरिरहेको बताए । उनले आफ्नो मन्त्रालयले स्वास्थ्यको मापदण्ड सरकारी र निजी दुवैतिर एउटै हुनुपर्ने महसुुस गरेर यसका लागि काम गरिहरेको बताए । ‘स्वास्थ्य संस्था शय्याको आधारमा वर्गाीकरण हुँदैन, सेवाको आधारमा वर्गीकरण हुन्छ । त्यसैले एउटा विशिष्टकृत सेवा दिने र अर्को आधारभूत प्राथमिक सेवा दिने अस्पतालका रूपमा विकास हुन आवश्यक छ,’ मन्त्री पौडेलले भभे, ‘आधारभूत अस्पतलाले निःशुल्क उपचार गरेको हुनुपर्ने र विशिष्टकृत अस्पतालले नसक्नेलाई निःशुल्क सेवा र सक्नेलाई यथोचित मूल्य लिएर उपचार प्रदान गर्ने हुनुपर्छ । त्यसैले हामीले तहगत अस्पतालको विभाजन गर्ने प्रक्रिया सुरु गरेका छौँ ।’
उनले मन्त्रालयले सातै प्रदेशमा क्यान्सर रोगको उपचार सेवा विस्तार गरेको र सबै प्रदेशमा मुटु रोगको उपचार सेवा विस्तार गर्ने योजना बनाइरहेको बताए । सुदूरपश्चिम प्रदेशका सबै अस्पतालहरूमा सिकलसेल एनिमियाको औषधि निःशुल्क उपलब्ध गराउने गरी प्रक्रिया अगाडि बढेको मन्त्री पौडेलको भनाइ छ । ‘यसका लागि मित्रराष्ट्र भारतको सहयोग हुने गरी करिब कुरा टुङ्गिएको छ, अब सम्झौताका लागि पहल भइरहेको छ’, उनले भने ।













समाचार
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै
धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन
एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो
इंग्ल्यान्डका अलराउन्डर जैब सुदूरपश्चिम रोयल्समा
तीन सातादेखि तातोपानी नाका अवरुद्ध, नेपाल–चीन व्यापार ठप्प
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति
क्यानडा पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ
आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता
बीवाइडीको ‘अपडेट टु कियर प्लस’ योजना सार्वजनिक, पाँच नयाँ सेवासहित सर्भिस सेन्टरको संख्या १९ पुर्याउने
टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द