
कपिलवस्तु । सिद्धार्थ गौतम बुद्ध जन्मस्थल लुम्बिनी घुम्न आउने पर्यटक केन्द्रीय नहरमा चल्ने डुङ्गा चढेर रमाइलो गर्छन् । स्थानीय र बाहिरी देशबाट घुम्न आउने पर्यटकको डुङ्गामा चढेर फोटो भिडियो खिच्ने, टिकटक र रिल बनाउन मोहित हुन्छन् । तर त्यही डुङ्गामा पर्यटकहरू ठगिन्छन् ।
त्यहाँ केन्द्रीय नहर १६ सय मिटरमा डुङ्गा चल्छ । नहरको दक्षिणी छेउमा अखण्ड शान्ति दीप छ । अर्को छेउ नजिकै लुम्बिनी सङ्ग्रहालय छ । बसपार्कबाट सोझै मायादेवी मन्दिर नजिक पुग्न सकिन्छ । डुङ्गा चढ्दै नहरको दायाँ–बाँया रहेका बौद्ध विहार अवलोकन गरेका पर्यटकहरूले आफू ठगिएको पत्तो पाउँदैनन् । केन्द्रीय नहरमा डुङ्गा शयर गर्दा तोकिएभन्दा बढी शुल्क तिरेर पर्यटक ठगिएका हुन् ।
डुङ्गा सञ्चालन गर्न लुम्बिनी विकास कोष र रङ्गमल रिभर ल्यान्ड प्रालि भरतपुरबिच ५ वर्षका लागि सम्झौता भएको छ । १ करोड ७९ लाख ७८ हजार ३०० रकममा ध्वनि कम भएको र धुवाँ नभएको डुङ्गा सञ्चालन गर्ने सहमति भएको छ । सम्झौता अनुसार नेपाली र विदेशी नागरिकलाई एकतर्फी भाडा दर ५० रुपियाँ तोकिएको छ । आउजाउ गर्दा दुईतर्फी भाडा ८० रुपियाँ शुल्क तोकिएको छ । तर ठेकेदार पक्षले दुईतर्फी भाडा बापत १ सय रुपियाँ लिँदै आएका छन् ।
दुईतर्फी टिकट नछाप्दा पर्यटकलाई अतिरिक्त शुल्क तिर्न बाध्य बनाएको स्थानीयको बुझाइ छ । भारतीय नागरिकले एकतर्फी भाडा बापत भारु ३५ रुपियाँ (नेपाली ५६ रुपियाँ) तिर्ने गरेका छन् ।
विद्यार्थीलाई पनि मार
डुङ्गा शयर गर्दा विद्यार्थीलाई सहुलियतको व्यवस्था रहेको छ । तर त्यो कार्यान्वयनमा छैन । टिकट काउन्टरका कर्मचारीले विद्यार्थीलाई छुट नभएको दाबी गर्छन् । समूहमा ३०–३५ जना विद्यार्थीसँगै आउँदा ५ वटा टिकट निःशुल्क दिने गरेको कर्मचारीहरू बताउँछन् । जसलेगर्दा विद्यार्थीले पनि एकतर्फी टिकट बापत ५० रुपियाँ तिर्छन् । तर सम्झौताअनुसार विद्यार्थीलाई एकतर्फी २५ रुपियाँ र दुईतर्फी ५० रुपियाँ भाडा दर तोकिएको छ ।
बिहीबार डुङ्गा चढेर लुम्बिनी दर्शन गर्न आएका त्रिचन्द्र मल्टिपल क्याम्पसका विद्यार्थीले एकतर्फी ५० रुपियाँ भाडा तिरेर डुङ्गा चढेको बताउनुभयो । ‘टिकट काउन्टरमा भाडा दर सूची टाँसिएको छैन । ठेकेदारले एउटै टिकट मात्र देखाउँछन् । भाडा दर टाँस गरेको भए थाहा पाइन्थ्यो’ विद्यार्थी सम्झना निरौलाले भनिन् । टिकट काउन्टरका एक कर्मचारीले रङ्गमल रिभर ल्यान्डले ठेक्का पाए पनि लुम्बिनी सांस्कृतिक नगरपालिका वडा ३ का वडाध्यक्ष अकरामुदिन मुसलमानको जिम्मामा रहेको बताइन्छ ।
टिकट काउन्टरमा भाडा दर स्पष्ट रूपमा उल्लेख नगरिएको कारण पर्यटकले शुल्कबारे जानकारी नपाउनेस्थिति छ । लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले भर्खर टेन्डर भएका कारणले समस्या हुनसक्ने बताउँदै तत्काल सम्झौताअनुसारको टिकट दर कायम गर्न ठेकेदार पक्षलाई निर्देशन दिने बताए ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
पर्यटन प्रवर्द्धनका लागि बाँके निकुन्जलाई ‘ब्रान्डिङ’ गरिँदै
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिने
कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै
टेस्ट क्रिकेटमा सबैभन्दा छिटो १०० छक्का प्रहार गर्ने खेलाडी बने ऋषभ पन्त
सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’
संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
मजपोक–ताराखोला सडक स्तोन्नती गर्न पाँच करोड सुनिश्चित
रासायनिक मलको कालोबजारी गरेको आरोपमा मुद्दा
चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार