
काठमाडौं । प्रहरीले वैदेशिक रोजगारमा क्रोएसिया पठाइदिने भन्दै १५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा भोजपुर साल्पासिलिछो गाउँपालिका–५ घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका–२ बस्ने २९ वर्षीय निम पासी शेर्पा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।
उनले भने, “शेर्पाले क्रोएसिया पठाइदिने भन्दै दुई जनाबाट १५ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा पक्राउ गरिएको हो ।’ निजलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
एनपीएल २०२६ को मिति घोषणा, कात्तिक ९ देखि सुरु हुने
ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी
ग्यासमा कालोबजारी गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ
बन्द र घाटामा थलिएका केही उद्योगमा आशालाग्दा परिणाम देखिन थाले : प्रधानमन्त्री शाह
ढोरपाटन सिकार आरक्षमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी
पाटन बारका तीन समूहबिच प्रतिस्पर्धा हुँदै
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल
जुम्लामा ४८ करोड राजस्व सङ्कलन
सुर्खेतमा सामुदायिक वनमा लुकाइराखेको तीन थान भरुवा बन्दुक बरामद
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण