गार्डियन माइक्रो लाइफको आईपीओ आज बाँडफाँट हुदै

काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ आज माघ ६ गते बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार बुधबार प्रिअलटमेन्ट भएको हुँदा आज सेयर बाँडफाँट हुने भएको हो ।

कम्पनीको आईपीओमा १७ लाख २३ हजार ९३१ जनाको हात रित्तो हुने छ । कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १९ लाख ८ हजार ३३१ जनाले २ करोड ५२ लाख ७ हजार ६९० कित्ताका लागि आवेदन दिएका थिए । जस मार्फत २ अर्ब ५२ करोड ७ लाख ६९ हजार रुपैयाँ संकलन भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको थियो । मागभन्दा बढी आवेदन परेको हुँदा आईपीओ बाँडफाँट गोलाप्रथाबाट हुनेछ । गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुँदा १ लाख ८४ हजार ५०० जनाले १०÷१० कित्ताका दरले आईपीओ प्राप्त गर्नेछन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार