
मनाङ । हिउँद लागेपछि मनाङमा विकास निर्माणका काम प्रायः ठप्प जस्तै हुन्छ । सामान्य काम भए पनि सिमेन्ट प्रयोग गरेर गर्नुपर्ने काम हुँदैनन् । तर, एक सय ३५ मेगावट क्षमताको निर्माणाधीन मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको काम भने चिसोका बावजुत निर्माणका तीव्र गतिमा भइरहेको छ ।
सिमेन्टका कार्य गर्न नसकिए पनि अन्य जलविद्युत्का विकासका भित्री कार्य गर्न मिल्ने आयोजनाले जनाएको छ । चिसोमा नै आयोजनाले निर्माणको काम गरिरहेको बुटवल पावर कम्पनीका सहायक निर्देशक एवं मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाका उपमहाप्रबन्धक प्रतिकमान सिंह प्रधानले जानकारी दिए।
‘आयोजनाको बाध (ड्याम), मेसिनरी पर्खाल, सडक विस्तारको काम भइरहेको छ, सम्झौतामा तोकिएको समयमा सम्पन्न गर्नका लागि कामलाई तीव्रता दिइरहेका छौँ’, प्रधानले भने, ‘चिसोको समयमा नै पनि कामलाई तीव्रता दिनुपर्ने अवस्था रहेको छ।’ आयोजनालाई समयमा सम्पन्न गरी मनाङलाई उज्यालो बनाउन सहयोग पु¥याउने लक्ष्य आयोजनाको रहेको उनले बताए । उनका अनुसार चामे गाउँपालिका–३ कोतोमा बाध (ड्याम) निर्माण भइरहेको छ । सुरुङ खन्ने, पावर हाउस, सडक निर्माणका काम भइरहेका छन् । नासों गाउँपालिका–९ र ८ मा पावर हाउस र सुरुङ खन्ने काम भइरहेको उपमहाप्रबन्धक प्रधानले जानकारी दिए ।
आयोजना सरोकार समिति संयोजक एवं गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजङ गुरुङले जलविद्युत् आयोजना निर्माणका क्रममा बाधअड्चन आएमा समाधान गर्नुका साथै आयोजनामा स्थानीय स्रोतसाधनको प्रयोग, सम्झौतामा भएका वातावरणीय प्रभावलाई कार्यान्वयनमा खबरदारी गर्दै स्थानीयवासीका लागि रोजगारी सिर्जना गरेर काम गरिरहेका बताए ।
सो आयोजनाको विकासको लागि सरकारसँग बुटवल पावर कम्पनीसहित तीन चिनियाँ कम्पनीबीच विसं २०७९ पुस ३ गते सम्झौता भएको थियो । चार वर्षमा आयोजना निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको हो । आयोजनामा नेपाली साझेदार बिपीसीले २० प्रतिशत र तीन चिनियाँ कम्पनी एससीआईजी इन्टरनेसनल, छिङचेङ इन्टरनेशनल र चिनियाँ लगानीकर्तामा क्यूवाइसी इन्टरनेसनलले संयुक्त रूपमा ८० प्रतिशत सेयर स्वामित्व रहने गरी लगानीकर्ताबीच समझदारी भएको जनाएको छ ।
आयोजनाको कुल लागत ३३ अर्ब ३८ करोडमध्ये २० रुपैयाँ प्रतिशत स्वपुँजी र ८० प्रतिशत ऋण लगानी रहनेछ । आयोजनामा बुटवल पावर कम्पनीले मात्रै करिब एक अर्ब ३३ करोड रुपैयाँ स्वपुँजी लगानी गर्ने छ । आयोजनाले वार्षिक ७५ करोड नौ लाख ४८ हजार आठ सय ७५ युनिट विद्युत् उत्पादन लक्ष्य लिएको छ । आयोजना पिकिङ रन अफ दि रिभर प्रकृतिको हुनेछ । जसबाट वार्षिक सात सय ६६ दशमलव पाँच सय ९३ गिगावाट आवरमा विद्युत् उत्पादन हुने प्रधानले जानकारी दिए ।
सम्भाव्यता अध्ययनका अनुसार यस आयोजनाको ग्रस हेड चार सय ३० दशमलव २० मिटर र हेडरेस टनेल छ दशमलव शून्य ७५ किलोमिटर रहेको छ । आयोजनामा २० प्रतिशत बिपीसी र चिनियाँ कम्पनीको ८० प्रतिशत लगानी रहनेछ । यसका साथै आयोजना निर्माणस्थलको काम तीव्र गतिमा भइरहेको जनाएको छ ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह