
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक–पुण्यवती यातायात कम्पनीले आजदेखि विद्युतीय सवारी ९इभी माइक्रो० सञ्चालनमा ल्याएको छ । यसअघि मिनीबसबाट सेवा दिँदै आएको समितिले आजदेखि पनौती नगरपालिकाको खोपासी र शङ्खुबाट विद्युतीय गाडीमार्फत सेवा आरम्भ गरेको हो ।
खोपासी र शङ्खुबाट पनौती बसपार्क हुँदै कोटेश्वर–तिनकुने गएर पुनः खोपासी र शङ्खु फर्कने गरी दुई नयाँ रुट कायम गर्दै सेवा दिन थालेको समितिले जनाएको छ। सेवारम्भको कम्पनीका अध्यक्ष राजेशसुन्दर सैँजूले पनौतीस्थित मानेश्वरी पार्कमा इभी माइक्रो सञ्चालन उद्घाटन गरे । ‘हाल दुई रुटबाट पाँच–पाँचवटा इभी माइक्रोले सेवा दिनेछौँ, पछि आवश्यकताअनुसार थप्दै जानेछौँ’, उनले भने ।
पर्यावरण, प्रविधि तथा यात्रुको जनघनत्वलाई ध्यानमा राख्दै छिटोछरितो सेवा दिने उद्देश्यले विद्युतीय गाडीले मिनीबसको साविक भाडादरमा सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ । हाल खोपासीबाट ११ सिट क्षमताको र शङ्खुबाट १४ सिट क्षमताको इभी माइक्रो सञ्चालनमा ल्याइएको हो ।













समाचार
अमुदी फुड्सको यात्रा : उत्पादन विविधीकरण, क्षमता विस्तार र आइपीओ योजनासँगै राष्ट्रिय खाद्य ब्रान्ड बन्ने लक्ष्य
धाप बाँधको अवस्था सामान्य, आत्तिनुपर्ने अवस्था छैन
क्यूआर कोडमार्फत हुने कारोबार रकम २५ अर्ब रुपैयाँले घट्यो
गण्डक ब्यारेजमा पानीको बहाव उच्च, सतर्क रहन आग्रह
विवादस्पद बनेका गड्डाचौकीका भन्सारका अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
वर्षाले नेपाल–भारत दुई सीमा स्तम्भ डुबानमा
ऊर्जामन्त्री श्रेष्ठ र एडिबी राष्ट्रिय निर्देशक कोशवाबीच भेट :बाढीपछि एडीबीले वैज्ञानिक तथा प्राविधिक सहयोग गर्ने
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान