
काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा शीर्ष स्थानको लिभरपुलले साउथ्याम्पटनलाई हराएको छ । आफ्नो घरेलु मैदान एन्फिल्ड सेटेडियममा गएराति भएको खेलमा लिभरपुलले साउथ्याम्पटनलाई ३–१ गोलले हरायो हो ।
लिभरपुलका मोहम्मद सलाहले २ र डार्विन नुनेजले १ गोल गरे । साउथ्याम्पटनका विल स्मलबोनले १ गोल फर्काए । यो जीतसँगै लिभरपुलले दोस्रो स्थानमा रहेको आर्सनलसँग १६ अंकको अग्रता बनाएको छ । लिभरपुलले २९ खेलमा ७० अंक जोड्दा आर्सनलको २७ खेलमा ५४ अंक छ ।
यस्तै ईपीएल अन्तर्गत गएराति भएका अरू खेलमा नटिङ्घम फरेस्टले म्यानचेस्टर सिटीलाई, क्रिस्टल प्यालेसले इप्सविच टाउनलाई र एस्टन भिलाले ब्रेन्टफोर्डलाई समान १–० ले पराजित गरेका छन् । यस्तै ब्राइटनले फुलहामलाई २–१ गोलले पराजित गर्दा वुल्भ्स र एभर्टनले १÷१ गोलको बरावरी खेलेका छन् ।
फेसबुक प्रतिक्रिया













समाचार
ट्रम्पद्वारा क्यानेडियन आयातमा भन्सार महसुल तत्कालका लागि स्थगित, अझै महत्त्वपूर्ण काम बाँकी रहेको कार्नीको भनाइ
रुपाकोट रिसोर्टले आईपीओ निष्कासनको तयारी थाल्यो, एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक नियुक्त
बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
प्रेस काउन्सिलका चार सदस्यको शपथ
राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल नियुक्त
प्रधानमन्त्री शाह र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता
साउन महिनामा मात्रै ५७ हजार मेट्रिक टन ग्यास आयात
कृषि उद्यम केन्द्रमा सल्लाहकार र सदस्य मनोनित
सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान बृद्धि गर्ने सरकारको निर्णय
दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला