
बागलुङ । हाँडीकोट बागलुङ जिल्लाको एक आकर्षक पर्यटकीय गन्तव्य हो । जिल्लाको जैमिनी नगरपालिका–१० राङखानी ७ जैदी र ८ छिस्तीको सङ्गमस्थल हाँडीकोटमा पछिल्लो समय आन्तरिक पर्यटकको भीड लाग्ने गर्दछ ।
मुन्द्री सतहदेखि २१९५ मिटर उचाइमा रहेको हाँडीकोट आफैँमा एक ऐतिहासिक र प्राकृतिक सुन्दरताले भरिएको स्थान हो । यहाँ पुग्नेहरुले सूर्योदयसँगै सूर्योस्तको सुन्दरता नियाल्द छन् । अनि धौलागिरी, माछापुच्छ्रे, मानापाथी लगायतका १६ वटाभन्दा बढि हिमालका सुन्दर दृश्य र फुक्क फुलेका बादलको बस्तीले झनै आकर्षक बनाएको छ । यी दृश्यले हाँडीकोटको रौनकता भरेको स्थानीय धन बहादुर थापाले बताए ।
यो ऐतिहासिक स्थलपनि हो । २२ से चौबिसे राजाको पालमा भुरेटाकुरे राजारजौटाले राज्य गरेको स्थानको रुपमा परिचित छ । यहाँ भुरेटाकुरे राजाको समयमा निर्माण गरिएका दरबारको भग्नावशेष छन् । मन्दिर कुटी, पोखरी र शिलाले यहाँको ऐतिहासिकता झल्काउँछ । यो थन्थाप राज्यसँग सम्बन्धित छ । हाँडीकोटदेखि केही तल ऐतिहासिक माइकोस्थान मन्दिर र त्यसको केही अघिपट्टि कोतपनि रहेको छ । जहाँ बाइसे चौबिसे राज्यको पालामा निर्माण गरिएको एक तोप रहेको छ । पर्यटकलाई थप आकर्षित तुल्याउन यहाँ मानव निर्मित संरचनाहरु पनि बनाइएको छ । त्यसमध्येको एक भ्यूटावर हो । भ्यूटावरबाट त्यस क्षेत्र वरपरको दृश्य झनै आकर्षक देखिन्छ ।
बागलुङ बजारदेखि हाँडीकोटसम्मको दूरी ४०.७ किलोमिटर रहेको छ । बागलुङ जिल्ला सदरमुकामदेखि कालीगण्डकी करिडोरको जैमिनीघाट, बेलबगरदेखि यहाँ पुग्न सकिन्छ । बागलुङ बजार–कुश्मीसेरा–कृषि सडक राङखानी कृषि सडक हुँदै पुग्न सकिन्छ । जिल्ला सदरमुकामदेखि कुश्मीसेरा हुँदै सवारी साधनमा करिब साढे एक घण्टामा हाँडीकोट पुग्न सकिन्छ । बिहारथला र डाँडाखानीबाट हाँडीकोट पुग्न पैदलमार्ग निर्माण गरिएको छ ।
यहाँ घुम्न जानेलाई लक्षित गरी बिहारथला, डाँडाखानी र नाम्दुकमा होटल र होम–स्टे सञ्चालन गरिएको छ । जहाँ स्थानीय परिकारहरुको स्वाद लिन पाइन्छ । यहाँको विकास र प्रवद्र्धनका लागि हाँडीकोट सामुदायिक विकास केन्द्रले प्रत्येक वर्ष मेला र महोत्सव गर्दै आएको छ ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि