
काठमाडौं । लक्ष्मी सनराइज बैंकको नाफामा सामान्य सुधार भएको छ । बैैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको वित्तीय विवरण अनुसार नाफा २.२४ प्रतिशतले बढेको हो ।
चालु आर्थिक वर्षको ९ महिनामा बैंकको नाफा १ अर्ब ६५ करोड २१ लाख ६३ हजार रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २.२४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको मुनाफा १ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ रहेको थियो ।
त्यस्तै, कम्पनीको खुद ब्याज आम्दानी भने केहि घट्न पुगेको छ । चैत मसान्तसम्मको अवधिमा बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ५१ करोड ५७ लाख रुपैयाँबाट घटेर ७ अर्ब ८९ लाख ३५ हजार रुपैयाँमा पुगेको हो । समिक्षा अवधिमा कम्पनीको वितरणयोग्य नाफा ७७ करोड २७ लाख २० हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिका उक्त नाफा १ अर्ब २४ करोड रुपैयाँ ऋणत्मक अवस्थामा रहेको थियो ।
यसअवधिमा कम्पनीको चुक्तापुँजी २४ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष सञ्चिति १७ अर्ब ७६ करोड रुपैयाँ रहेको छ । साथै, कम्पनीको प्रतिसेयर आम्दानी ९.०५ रुपैयाँ र प्रतिसेयर नेटवर्र्थ १७६.१६ रुपैयाँ रहेको छ ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
पर्यटन प्रवर्द्धनका लागि बाँके निकुन्जलाई ‘ब्रान्डिङ’ गरिँदै
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिने
कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै
टेस्ट क्रिकेटमा सबैभन्दा छिटो १०० छक्का प्रहार गर्ने खेलाडी बने ऋषभ पन्त
सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’
संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
मजपोक–ताराखोला सडक स्तोन्नती गर्न पाँच करोड सुनिश्चित
रासायनिक मलको कालोबजारी गरेको आरोपमा मुद्दा
चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार