
काठमाडौं । बाग्मती प्रदेशसभाका सभामुख भुवन पाठकले देशका सफाइकर्मीहरू नागरिकदेखि राज्यसम्मको उपेक्षामा परेको उल्लेख गर्दै उनीहरूको सम्मान गर्न कसैले पनि कन्जुस्याइँ गर्न नहुने बताएका छन् । १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा फोहोर व्यवस्थापनसम्बन्धी संस्था ‘प्राक्टिकल वेस्ट सोलुसन’ले आयोजना गरेको कार्यक्रममा प्रदेश सभामुख पाठकले यस्तो बताएका हुन् ।
देशभर उत्पादन हुने फोहोरको करिब ५० प्रतिशत फोहोर उत्पादन गर्ने काठमाडौँ उपत्यकालाई सधैँ सफा र सुन्दर बनाउने एक मात्र श्रेय यस क्षेत्रमा काम गर्ने श्रमिकलाई जाने भएकाले उनीहरूको योगदान अतुलनीय भएको पाठकले बताए । ‘हामीलाई सफा चाहिन्छ, तर सफा गरिदिने कसले ? उहाँहरूले आफ्नो काम नगरिदिएको भए आज आफूलाई धनी र सौखिनको दर्जामा राख्न रुचाउनेहरूको घरदेखि सडकसम्मको अवस्था कास्तो हुन्थ्यो होला ?,’ सफाइकर्मीलाई धन्यवाद दिँदै पाठकले भने, ‘काठमाडौँलाई सुन्दर र स्मार्ट सिटी बनाउने तपाईंहरू नै हो । कुनै नेताको भाषणले होइन ।’
कार्यक्रममा उपस्थित पूर्ववातावरणमन्त्री गणेश शाहले फोहोर व्यवस्थापनको क्षेत्र र श्रमिकहरूको अधिकार सुनिश्चितताका लागि प्रदेश र संघ सरकारले आवश्यक ऐन कानुन बनाउनुपर्ने बताए । ‘देशको राजधानीसमेत भएका नाताले यो विषयमा बाग्मती प्रदेशले नेतृत्व लिनुपर्छ । प्रदेशसभामा आवश्यक कानुनलाई टेबुल गराउन सभामुखज्यूले सक्रियता लिइदिनुस्,’ शाहले आग्रह गरे ।
काठमाडौँ महानगरपालिका–३० का वडाध्यक्ष दलबहादुर कार्कीले काठमाडौँको फोहोर वर्गीकरणका लागि स्थान र उचित कानुनको अभावबारे धारणा राखेका थिए भने त्यसमा सहजीकरण गरिदिन प्रदेश सभामुखको ध्यानाकर्षण गराए । त्यस्तै, फोहोरमैला व्यवस्थापन संघ नेपालका अध्यक्ष धनप्रसाद आचार्यले सफाइकर्मीप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनसके मात्र काठमाडौँको स्मार्ट सिटीको अवधारणा पूरा हुने बताए ।
प्राक्टिकल वेस्ट सोलुसनले १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आयोजना गरेको उक्त कार्यक्रममा करिब सय जना कर्मचारीलाई विभिन्न विधामा प्रशिक्षण गराउनुका साथै स्वास्थ्य परीक्षणसमेत गरिएको थियो । कार्यक्रममा उत्कृष्ट ७ जना कर्मचारीलाई सम्मान पनि गरिएको थियो ।












समाचार
नेपालमा वैध रूपमा गरिएको लगानीको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो : अर्थमन्त्रीले
एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाट क्षमताको दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
इप्पानले बिधुत प्राधिकरणलाई पेश गर्यो १३ बुँदे माग
प्रधानमन्त्रीसँग चीनका राजदूत माओमिङको भेटवार्ता
माउण्टेन इनर्जीको सहायक कम्पनीले बनाउने ६५ मेगावाटको दूधखोलालाई जुट्यो १०.०१ अर्ब लगानी
लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली
नेप्सेसँगै घट्यो कारोबार रकम
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हर्मुजमा अलपत्र परेका जहाजहरू ‘सुपर-स्प्रेडर’ बन्न सक्ने चेतावनी
अप्पर सोलु हाइड्रोले एक वर्षमा कमायो २० करोड ८७ लाख नाफा, इपीएस कति ?