
काठमाडौं । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार सेयर बजार उच्च अंकले बढेको छ । अघिल्लो दिन घटेको बजार आज ६२ दशमलव २५ अंकले बढेर २६७३ दशमलव ६९ विन्दुमा पुगेको हो । यो अघिल्लो दिनको भन्दा २.३८ प्रतिशतले धेरै हो ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ०२ अंकले बढेर ४५१ दशमलव २८ विन्दुमा पुगेको छ । त्यस्तै आज १३ उपसूचकमध्ये १३ वटै उपसूचकको सेयर मूल्य बढेको छ ।
आज परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज सेयर बजारमा ३०८ कम्पनीका २ करोड ७२ लाख ४५ हजार ४५९ कित्ता सेयर ९९ हजार ३०५ पटक खरिद बिक्री हुँदा १० अर्ब ५१ करोड ८४ लाख ६ हजार ३५२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।













समाचार
श्रीलंका र भारतसँगको दोस्रो टेस्टमा बराबरी
एनआईसी एशिया बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा २ करोड २१ लाख सहयोग प्रदान
सानिमा बैंकको लाभांश घोषणा, सेयर धनीले कति पाउँछन बोनस र नगद ?
बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन
बाढीपीडितका लागि बीवाईडी र साइमेक्सले ७ करोड रुपैयाँ सहयोग गर्ने
इप्पानले ५ करोड ५ लाख ५० हजार सहयोग गर्ने
एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
आइएमई लाइफ इन्स्योरेन्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग गर्ने
MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि रु. ७० लाख सहयोग गर्ने
भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त