
काठमाडौं । नेपाल शेर्पा संघ बागमती प्रदेशको अधिवेशन आज शनिबार काठमाडौंको जोरपाटीमा आयोजना हुँदैछ। संघले सम्पन्न गर्न लागेको यो दोस्रो अधिवेशन हो।
संघका अध्यक्ष आङ्छिरी शेर्पाका अनुसार अधिवेशनको उद्घाटन कार्यक्रम सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा हुने भएको छ। कार्यक्रममा नेपाल शेर्पा संघ संघीय नेतृत्वहरु विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, बागमती प्रदेशका प्रतिनिधिहरू र समुदायका अगुवाहरूको उपस्थिति रहनेछ।
अधिवेशनमा संघको विगतका समीक्षा, आगामी योजनाको निर्धारण तथा नयाँ नेतृत्व चयन जस्ता महत्वपूर्ण एजेन्डाहरूमा छलफल हुने अध्यक्ष शेर्पाले जानकारी दिए।
यसै गरी सचीवालय सदस्य लाक्पा शेर्पाका अनुसार अधिवेशनले शेर्पा समुदायको हक, अधिकार, संस्कृति र पहिचान प्रवर्धनमा संघको भूमिकालाई अझ मजबुत बनाउने अपेक्षा गरिएको बताए ।
अधिवेशनको पूरा तयारी भैसकेकोले सहभागी हुन सबैलाई आह्वान समेत गरे।













समाचार
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात