
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आन्तरिक उडानमा दुईवटै ट्वीनअटर विमान नियमित उडानमा आएका छन् । निगमका प्रवक्ता सुवास डाँगीका अनुसार कलसाई नाइन एन एबिटी र नाइन एन–एबीयु विमान पूर्ण रूपले सञ्चालनमा आएको हुन् । निगमका यी दुवै ट्वीनअटर विमान लामो समयदेखि ग्राउण्डेड हुँदा दुर्गम क्षेत्रका यात्रु मर्कामा परेका थिए ।
ट्वीनअटर विमान नियमनकारी निकाय तथा विमान निर्माता कम्पनीेको मापदण्डअनुसार नियमित मर्मत सम्भार सम्पन्न गर्नुका साथै दुईवटै नयाँ इञ्जिन परिवर्तन गरिएको उनले जानकारी दिए । नियामकीय जाँच सम्पन्न भएपश्चात् वैशाख २९ गतेदेखि पूर्णरुपमा नियमित उडान तालिकाअनुसार सञ्चालनमा आएको निगमले डाँगीले बताए।
यस कार्यले दुर्गम भेगका नागरिकहरूमा सहज, सुलभ, मितव्ययी हवाई सेवाको पहुँचमा वृद्धि हुने निगमको विश्वास छ । आगामी दिनहरूमा पनि विगतमा झै यात्रुहरुको गुणस्तरिय सेवा र सुरक्षालाई उच्च प्राथमिकता राखी उडान सञ्चालन गर्न निगम सदैव प्रतिबद्ध रहेको जारी विज्ञप्तिमा उल्लेख छ । निगमका प्रवक्ता डाँगीले हरेक दिन एक विमानले कम्तीमा चार उडान गर्ने गरी नयाँ उडान तालिका बनाएर आन्तरिक उडानलाई प्रभावकारी बनाइने उल्लेख गरेका छन् ।













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै