
काठमाडौं । नेपाल अटोमोबाईल्स एसोसिएसनका सदस्य, खेलाडी, प्राविधिक, तथा सम्पूर्ण अफिसियलहरुलाई सिद्घार्थ विजिनेस ग्रुप अफ हस्पीटालिटीले विशेष छुट सेवा प्रदान गर्ने भएको छ । संघको तर्फबाट जारी हुने सदस्यता, डाईभिङ र राईडिङ लाईसेन्स, ईभेन्टका सहभागी÷अफिसियलको प्रमाणपत्र हुनेहरु सबैले सो सुविधा प्राप्त गर्न पाउनेछन् ।
आज काठमाण्डौंमा सो सम्बन्धी सम्झौतामा नासा नेपालका अध्यक्ष दशरथ रिसाल तथा सो ग्रुपको डाइरेक्टर दुर्गा दत्त पन्तले हस्ताक्षर गर्नुभयो । जस अन्तर्गत सिद्घार्थ ग्रुपका नेपालभरिका दुई दर्जन होटल, रेस्टुरेन्ट, क्याफे, क्याटरिङ र पार्टी प्यालेसहरुमा संघको प्रिभिलेज कार्ड मार्फत सो सुविधा दिईनेछ ।
सो ग्रुपको नेपालभरिका सबै किसिमका होटलहरुका रुम सर्भिस (बिएण्डबि) मा २५ प्रतिशत र फुड एण्ड बेभरेजमा १२ प्रतिशत तथा सभा समारोह तथा क्याटरिङमा स्पेशल डिस्काउण्ट हुनेछ । संघकी टुरिजम कमिसनकी कोअर्डिनेटर कमला आचार्य, एडमिन तथा मोविलिटी म्यानेजर किरण धिताल, तथा टुरमाण्डु नेपालका मिलन पन्त र सागर आचार्यको समेत उपस्थितिमा सम्पन्न सम्झौताले दुवै पक्षको संस्थागत र व्यवसायिक प्रर्वद्घनमा थप टेवा पुग्नेछ ।
नेपाली मोटरस्पोटर््स, अटोमोबाईल, मोविलिटी तथा ड्राईभ टुरिजम र रोड सेफ्टीको क्षेत्रमा संलग्न विभिन्न व्यक्रित, क्लब, कम्पनि तथा तिनका परिवारका सदस्यहरुले समेत सो छुट पाउनेछन् । संघको टुरिजम कमिसनको समन्वयमा टुरमाण्डु नेपालले संघको हस्पीटालिटी, ट्राभल टुरिजम तथा मोविलिटी र मेम्वर्स प्रिभिलेज लगायत को व्यवस्थापन गर्नेछ ।
आजको सम्झौताले नेपाली अटोमोवाईल तथा खेलकूद क्षेत्रमा समेत सिद्घार्थ गु्रपको व्यवसायी छवि वृद्घि हुनेछ । ट्राभल र टुरिजमका अन्य क्षेत्रमा समेत यस किसिमका सम्झौता गरी आफ्ना सदस्यहरुलाई सेवा दिने योजना संघको रहेको छ ।













समाचार
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिने
कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै
टेस्ट क्रिकेटमा सबैभन्दा छिटो १०० छक्का प्रहार गर्ने खेलाडी बने ऋषभ पन्त
सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’
संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
मजपोक–ताराखोला सडक स्तोन्नती गर्न पाँच करोड सुनिश्चित
रासायनिक मलको कालोबजारी गरेको आरोपमा मुद्दा
चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार
१० वर्षमा पनि बनेन मनाङमा पुल
मिड सोलु हाइड्रोको साढे ७७ लाख बढी कित्ता सेयरको लकइन अवधि असोजमा सकिंदै