
काठमाडौं ।नेपाल प्रहरीको नायव निरीक्षक (सई) मा विशेष बढुवा भएकी सगरमाथा आरोही कुन्जाङ छोपेल शेर्पालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। आइतबार प्रहरी महानिरीक्षक दीपक थापाले प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । गत जेठ ६ गतेको नीति निर्माण समिति (पिसिसि) बैठकको निर्णयले उनलाई प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षकमा विशेष बढुवा गर्ने निर्णय गरेको थियो ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी संगठनको गौरव बढाउन सफल भएको भन्दै शेर्पालाई विशेष बढुवा गर्ने निर्णय भएको थियो । दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले अदम्य साहसका साथ विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी प्रहरी संगठनको श्रीवृद्धिको लागि गरेको कार्यको उच्च प्रशंसा गरे । पदोन्नतिसँगै पदीय दायित्व र मर्यादाको घेरा बढ्दै जाने भन्दै आगामी दिनमा थप हौसला र लगनशीलताका साथ कार्यसम्पादन गर्न निर्देशन पनि थापाले दिए ।
नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पाले २०८२ जेठ ५ गते सोमबार बिहान ०८ः५६ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी थिइन् । उनले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा, नेपाल प्रहरीको झण्डा तथा महिला र बालिकाहरू विरूद्ध हुने हिंसा अन्त्य गर्न एकजुट हौं भन्ने नारासहितको ब्यानर फहराएकी थिइन् ।












समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि