
काठमाडौं । आज जुन ५ अर्थात् विश्व वतावरण दिवस । ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ नाराका साथ विश्वका विभिन्न मुलुकमा यो दिवस मनाइँदै छ । देशका विभिन्न स्थानमा पनि यो दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ ।
संयुक्त राष्ट्रसङ्घले आह्वान गरेबमोजिम सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो । आज दक्षिण कोरियामा विशेष कार्यक्रमका साथ यो दिवस मनाइने संयुक्त राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घका अनुसार हरेक वर्ष पृथ्वीमा ४० करोड टन प्लाष्टिकजन्य फोहर उत्पादन हुने गरेको, उत्पादित त्यस्तो फोहरमध्ये त्यसको १० प्रतिशत मात्र पुनः प्रयोग हुने तथा एक करोड १० लाख टन प्लाष्टिक नदी, तलाउ र महासागरमा बिसर्जन हुने गरेको छ ।
आज गैरकानुनी रूपमा माछामार्नेविरुद्धको सङ्घर्ष दिवस पनि हो । राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)को आह्वानमा सन् २०१७ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । दिगो विकासका लक्ष्य हासिल गर्न गैरकानुनी रूपमा माछामार्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा एफएओको जोड छ । यसरी हरेक वर्ष एक करोड १० लाख देखि दुई करोड ६० टन माछा मारिँदा अर्बौँ डलर हानि हुने गरेको एफएओले जनाएको छ ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हिमालयन लघुवित्तले कमायो १० करोड ६६ लाख नाफा, अन्य सूचक कस्ता?
आइसिएफसि फाइनान्सको नाफा उच्च गिरावट, अन्य सूचक कस्ता ?
महुली लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?
साप्सु कालिका हाइड्रोपावरको साधारणसभा भदौ ५ गते, के-के छन् एजेण्डा ?
‘घुम्ने संस्कृतिले आन्तरिक पर्यटनमा टेवा’
राष्ट्रियसभाको बैठक बस्दै, के छन् एजेन्डा?
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
साउनको तेस्रो सोमबार : सुन्दरीजलमा बोलबम भक्तजनको घुइँचो
इरानप्रति ट्रम्पको ‘यु–टर्न’ : आक्रमण रोकेर वार्ताको घोषणा