
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्का स्वदेश फर्किएका छन् । साङ्घाइ को–अपरेशन अर्गनाइजेशन (एससिओ)द्वारा चीनको झेजियाङ प्रान्तको निङ्बो सहरमा आयोजित पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिएर मन्त्री खड्का गए राति स्वदेश फर्किएका हुन् ।
उनले बैठकमा चीनसँग ऊर्जा सहकार्यका विषयमा विभिन्न छलफल भएको जानकारी दिए । उनले आफ्नो चीन भ्रमण उपलब्धिमूलक भएको दाबी समेत गरे । मन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रमा भविष्यमा थप सहकार्य र योगदानका लागि प्रतिबद्ध रहेको जनाउँदै बैठकमा नेपालले ऊर्जा विकासको क्षेत्रमा लिएको लक्ष्यका बारेमा आफूले बैठकलाई अवगत गराएको जानकारी दिए ।
उनले भने, ‘ऊर्जा अब व्यापारको विषयमात्र होइन, यो हाम्रो दिगो विकास र साझा समृद्धिको आधार हो, नेपालले अब ऊर्जा क्षेत्रलाई एक प्रमुख चालकका रूपमा अगाडि बढाउने योजना बनाएको छ ।’ यही असार ९ गतेदेखि १३ गतेसम्म चलेको उक्त बैठकमा आयोजक राष्ट्र चीनसहित भारत, इरान, काजकिस्तान, पाकिस्तान, रसिया, ताजकिस्तान, उर्वेस्थानलगायत नौ सदस्य देश, तीन पर्यवेक्षक देश र १४ संवाद देशका ऊर्जामन्त्रीको सहभागिता रहेको जनाइएको छ ।
उनले चीनमा रहँदा त्यहाँ रहेका नेपाली समुदायसँग पनि भेटघाट गरेका थिए। मन्त्री खड्का उक्त बैठकमा भाग लिन असार ९ गते राति चीन प्रस्थान गरेका थिए ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना