
काठमाडौं । गृह मन्त्रालयले हालै लोकसेवा आयोगबाट उत्तीर्ण भएका ४५ जना शाखा अधिकृतहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाएको छ। तीन दिने प्रारम्भिक तालिमपछि उनीहरू सोमबारदेखि औपचारिक रूपमा कार्यभार सम्हाल्न थालेका हुन्।
यी अधिकृतहरूलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट छनोट गरी गृह मन्त्रालयमा पठाइएको आधारमा अध्यागमनमा नियुक्त गरिएको हो। गृह मन्त्रालयले उनीहरूलाई जिम्मेवारी दिनुका साथै अध्यागमन कार्यालयमा कार्यरत पुराना शाखा अधिकृतहरूलाई फिर्ता बोलाएको छ।
यस कदमसँगै त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयमा प्रशासनिक सशक्तीकरण र सेवा प्रभावकारिता बढ्ने अपेक्षा गरिएको छ। विशेषतः अन्तर्राष्ट्रिय यात्रुको आगमन र प्रस्थान व्यवस्थापनमा पारदर्शिता र दक्षता ल्याउने उद्देश्यसहित युवा अधिकृतहरू परिचालन गरिएको मन्त्रालय स्रोतले जनाएको छ। यता, अध्यागमन कार्यालयको नेतृत्वमा रहेका सहसचिव सुरुवा घिमिरेले नयाँ अधिकृतहरूको कार्य विभाजन र समायोजन प्रक्रिया सुरु गरेका छन्। घिमिरे यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ताको रूपमा कार्यरत रहेका अनुभवी प्रशासक हुन्।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना