
गुल्मी । अविरल वर्षाका कारण गएरातिदेखि गुल्मीका तीनवटा मुख्य सडक अवरुद्ध बनेका छन् । जिल्लाको कालीगण्डकी करिडोर, रिडी–तम्घास र रिडी–वामीटक्सार सडक आइतबार रातिदेखि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिएका हुन् ।
कालीगण्डकी करिडोर सडक अन्तर्गत कालीगण्डकी गाउँपालिका –१ स्थित गरगरे, वडा नम्बर –२ को मिल्क र वडा नं–३ स्थित कनौटामा सडकमाथिबाट चट्टान सहितको ठुलो पहिरो खसेपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ । लगातार वर्षाको कारण रिडी–तम्घास सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका–३ स्थित सल्लेरीमा पहिरो खस्दा उक्त सडक पनि पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
त्यसैगरी रिडी–वामीटक्सार सडकखण्ड अन्तर्गत सत्यवती गाउँपालिका –६ स्थित डहरे खोला र वडा नं –५ को बादरेभीरमा बाढीपहिरोका कारण गएरातिदेखि उक्त सडकसमेत पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी सारुले जानकारी दिए । उक्त क्षेत्रमा अहिले पनि लगातार रूपमा वर्षा भइरहेका कारण वर्षा नरोकिएसम्म अवरुद्ध सडक सुचारु गर्न समस्या परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक पटक–पटक बन्द हुँदा त्यस क्षेत्रका नागरिकले समस्या भोग्दै आइरहेका छन् । लगातारको वर्षाको कारण बडिगाड खोलामा पनि पानीको सतह बढ्दै गएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन र सुरक्षित ठाउँमा बसोबास गर्न आग्रह गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति गुल्मीले जिल्लाका करिब दुई सय भन्दाबढी स्थानलाई बाढीपहिरोको उच्च जोखिममा राखेको छ ।













समाचार
विश्वकप फाइनलमा निर्णायक गोल गरेका स्पेनका टोरेस पीएसजीमा अनुबन्ध
भोलि उपत्यकाका ७ ठाउँमा एलपी ग्यास बिक्री गरिने
सवारीसाधनमा एआई, सडकमा चुनौती : प्रविधिको दौडमा नेपाल कहाँ छ ?
नाइमा मोबिलिटी एक्स्पोको भोलि अन्तिम दिन, पाँच दिनमै अवलोकनकर्ताको ‘टार्गेट क्रस’
मुस्ताङमा भन्सार जाँचबिनै भित्रिएका ८ कन्टेनर प्रहरी नियन्त्रणमा
काठमाडौंमा शनिबार एकै दिन ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री
अमेरिकालाई इरानको जवाफ– सोसल मिडियामा पोस्ट गर्दैमा कब्जा हुँदैन
पार्टी फुटाएर नयाँ गठनको विपक्षमा छु : शशांक कोइराला
भारत– श्रीलंका पहिलो टेष्ट : पहिलो दिन भारत बलियो अवस्थामा, देबदत्तको शतक
पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न