
ताप्लेजुङ । सिराहाको सलहेश युवा क्लब तेस्रो ताप्लेजुङ गोल्डकपको च्याम्पियन बनेको छ । सलहेशले शनिबार भानुजन माविको खेलमैदानमा भएको उपाधि भिडन्तमा ललितपुरको चर्च ब्वाइज युनाइटेड क्लबलाई २–० ले पराजित गर्दै उपाधि जितेको हो ।
जितसँगै सलहेशले नगद ७ लाख २ हजार ८२ प्राप्त गर्दा चर्च ब्वाइजले ३ लाख ५० हजार ८२ रुपैयाँमा चित्त बुझाएको छ । अघिल्लो संस्करणमा सलहेश फाइनलमा पराजित भएको थियो । सलहेशको जितका लागि सुनिल खड्का र युसुफ मलिकले गोल गरे । दोस्रो हाफमा सुनिलले सुरुवाती गोल गरेका थिए भने खेलको अन्तिम समयमा युसुफले गोल गरेर जित निश्चित गरे । फाइनल खेलको प्लेयर अफ दी म्याच सलहेशका सुनिल खड्का भए । उनले नगद ७ हजार पाए ।
आयोजक टोली तेल्लोक स्पोर्टिङ क्लबका गोलरक्षक सुहाङ लिम्बू उदीयमान खेलाडी चुनिए । प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी सहलेशका छिरिङ गुरूङ भए । उनले एक थान मोटरसाइकल पाए । सलहेशकै युसुफ मलिक सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक रेम्बो चौधरी, उत्कृष्ट प्रशिक्षक राजिव यादव भए । यस्तै, चर्च ब्वाइजका आकाश राई उत्कृष्ट फरवार्ड, उत्कृष्ट रक्षक आविष्कार खड्का र युवराज ढकाल उत्कृष्ट मिडफिल्डर भए । विधागत पुरस्कार विजेताले जनही १५ हजार र ट्रफी पाए ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह