
काठमाडौं । साताको सेयर कारोबार हुने दोस्रो दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज सेयर बजार परिसूचक २१.३० अंकले बढेर २७६१.१८ विन्दुमा पुगेको हो ।
आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.१८ अंकले बढेर ४७४.३८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य बढेको छ भने २ वटाको सेयर मूल्यमा गिरावट देखिएको छ ।
त्यस्तै आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १७९ कम्पनीको सेयर मूल्य बढेको छ भने ७१ कम्पनीको घटेको छ । आज सेयर बजारमा परिसूचक बढे पनि कारोबार रकममा भने गिरवाट आएको छ । अघिल्लो दिन साढे ६ अर्ब माथिको कारोबार भएको बजारमा आज ५ अर्ब ७५ करोड ३२ लाख १९ हजार ६५२ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ३१७ कम्पनीका १ करोड ८ लाख ७७ हजार ९४२ कित्ता सेयर ५७ हजार १५७ पटक खरिद बिक्री भएर उक्त रकमको कारोबार भएको हो ।
आजज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ । आज निर्धन उत्थान लघुवित्त र विकास हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।












समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि