
शेर्पा जाति बारे लेखिएको पुस्तकमा भएका त्रुटि सच्याउन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा उपाध्यक्ष रेशम गुरुङलाई ध्यानाकर्षण पत्र बुझाउने बुझाइएको छ । केही दिन अघि सार्वजनिक गरिएको पुस्तकमा शेर्पा जातीको विषयमा गलत जानकारी दिएको भन्दै शेर्पाहरुका विभिन्न संघ संस्थाहरुले विरोध गरिरहेका छन् ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा नियतवस नभएपनि प्रस्तुत सामाग्रीले शेर्पा समुदायमा पर्न गएको आघातप्रति सम्पादक र प्रकाशकबाट दुःख व्यक्त गरेको बताइएको छ । त्यस्तै गल्ती सच्चाउन पुस्तकलाई तत्काल विक्रि वितरण रोक्ने ।
प्रतिष्ठानको तर्फबाट सम्पादक, शेर्पा संघको आधिकारिक प्रतिनिधि र लेखिका समेतको सहयोगमा गल्ती भएको पृष्ठलाई सच्याई पुनः प्रकाशन गर्ने तथा बिक्रि वितरण भएको पुस्तक सम्भव भएसम्म संकलन गरि त्यसमा पनि सम्पादन गर्ने सहमति भएको जनाइएको छ ।
त्यस्तै अब हुने प्रकाशनमा शेर्पा समुदायको आधिकारिक संस्था नेपाल शेर्पा संघले खोज अनुसन्धान वा कुनै माध्यमबाट आधिकारिक रुपमा पठाएको लेखलाई मात्र प्रकाशन गर्ने ।
राष्ट्रिय प्रतिष्ठानतर्फबाट हाल समावेश भएका अनावश्यक शब्दहरु आगामी अंकमा सच्याउने, अनलाइनमा तथा ईकपिमा तत्काल सच्याउने र ज्ञानकोशका बाँकी प्रकाशनमा नेपाल शेर्पा संघ र शेर्पाविज्ञसँग पर्याप्त छलफल गरेर तयार गर्ने ।













समाचार
सहकारीका ऋणीलाई ११ करोड असुली
पोखरीमा डुबेर दुई किशोरीको मृत्यु
‘विचार, संघर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनलाई समेटेको छ : भण्डारी
विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
दसैँ नजिकिएसँगै खुला बजारमा बढ्यो ग्राहकको चाप
सडक दुर्घटनामा घाइतेको उपचार गर्ने दायित्व स्वास्थ्य संस्थाको हुने
गगन थापा कांग्रेस नेतृत्वमा आउनु सकारात्मक कुरा हो – शंकर पोखरेल
होर्मुज जलडमरूमध्यमा सात तेल ट्यांकर इरानको निशानामा, दुई विस्फोट
नेपाल महिला चेम्बरको आयोजनामा ‘चेम्बर बजार’ सुरु
अब पाठ सिकौं, नयाँ पुस्तालाई विश्वास गरौं : बाबुराम भट्टराई