
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने सम्भावित कार्यसूची रहेको छ ।
यसैगरी, सभामुखले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तत गर्नेछन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछन् ।
यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधिसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ माथि सदनमा पुनर्विचार गरियोस् भने प्रस्ताव प्रस्तुत गर्ने विषय पनि आजको कार्यतालिका राखिएको छ ।












समाचार
चार अर्ब ९३ करोड बढी राजस्व सङ्कलन
पिएसजी र म्यानचेस्टर युनाइटेडको बराबरी
लप्सेखोलामा अस्थायी बेलिब्रिज जडान गरिने
चितवन हुलाक कार्यालयबाट एक करोड भन्दा बढी राजस्व संकलन
विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड
हर्मुज खोल्न तेहरानले अघि सार्याे कडा सर्त, अमेरिकी नाकाबन्दी अन्त्य र क्षतिपूर्तिको माग
सानिमा रिलायन्स लाइफको भिजन टु भ्यालु कन्क्लेभ सम्पन्न
कुमारी बैंकको ३ लाख २० हजार कित्ता सेयर बिक्रीमा, क कसले दिन पाउँछन आवेदन ?
सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन
सानिमा बैंकको ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?