
काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सरकारको सतर्कताका कारण बाढी र पहिरोबाट मानवीय क्षति न्यून भएको बताएका छन्। पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री घिसिङले अविरल वर्षापछि आएको बाढीले धेरै ठाउँमा क्षति पुर्याए पनि अधिकांश स्थानमा मानवीय क्षति हुन नपाएको उल्लेख गरे।
वर्षापछि आएको पहिरोमा परेर इलाममा मानवीय क्षति भएको बताउँदै त्यो बाहेक अन्य क्षेत्रमा मानवीय क्षति न्यून भएको बताए । वर्षापछि आएको बाढी तथा पहिरोका कारण विभिन्न क्षेत्रमा भौतिक क्षति पुगेको बताउँदै त्यसलाई सरकारले प्राथमिकताका साथ पुनर्निर्माणमा लाग्ने बताए ।
‘सरकारको सतर्कतका कारण बाढीका कारण मानवीय क्षति भएको छैन् । इलाममा ३५१ मिलिमिटरको पानी परेर अतिवृष्टि भएको छ । जसले गर्दा पहिरोमा परेर मानवीय क्षति हुन पुगेको छ । त्यो बाहेक अन्त क्षति भएको छैन्,’ मन्त्री घिसिङले भने ।
काठमाडौंबाट पश्चिमको तर्फका सडक तत्कालै खोल्नेतर्फ अघि बढेको बताए । पुर्वमा वर्षा जारी रहेको र भोलीसम्ममा त्यो पनि कम हुनसक्ने उनको अनुमान छ ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना