
काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक १७ गतेका लागि तोकेको मनाङ प्रदेशसभा २ को उपनिर्वाचन स्थगित गरेको छ । आयोगले उपनिर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगन गरेको जानकारी गराएको हो ।
आयोगको यही असोज १९ गतेको निर्णयअनुसार पूर्वप्रकाशित निर्वाचन कार्यक्रम बमोजिमका सम्पूर्ण कार्य हाललाई स्थगन गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । निर्वाचन आयोग ऐन, २०७३ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिम कात्तिक १७ का लागि तोकिएको उपनिर्वाचन गत भदौ २३ गतेदेखि भएको आन्दोलनका कारण स्थानीय प्रशासनबाट ‘कफ्र्यु’ आदेश जारी भई पूर्वनिर्धारित निर्वाचन कार्यतालिका बमोजिमका कार्यक्रम कार्यान्वयनमा समेत असर परेकाले अर्को निर्वाचन कार्यक्रमपछि प्रकाशन गर्नेगरी स्थगन गरिएको विज्ञप्तिमा जनाइएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान