
काठमाडौं । यो साता नेप्से परिसूचक करिब १ प्रतिशत बढेर बन्द भएको छ । गत साताको अन्तिम कारोबार दिन २६२०.९२ विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साताको अन्तिम दिन ०.७५ प्रतिशत अर्थात १९.६२ अंक बढेर २६४०.५४ विन्दुमा पुगेको हो ।
यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने २ कारोबार दिन घटेर कारोबार भएको थियो । यस साता सेन्सेटिभ इण्डेक्स १.६४ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२६ अंक बढेको छ । नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ । गत साता दैनिक औषतमा ५ अर्ब ३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब ७४ करोड रुपैयाँको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १३.९१ प्रतिशत बढेको हो । त्यस्तै, यस साता दैनिक औषत सेयर संख्या २.८५ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ९.९७ प्रतिशत घटेको छ ।
यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि करिब १ प्रतिशत बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता ३३ अर्ब रुपैयाँ बढेर ४४ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ । यो साता १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.३६ प्रतिशत बढेको छ । गत साता २३०५.२० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ७७.४५ अंक बढेर २३८२.६५ विन्दुमा पुगेको छ । अंकका आधारमा भने यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ । गत साता ८५४२.८० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २४६.७० अंक बढेर ८७८९.५० विन्दुमा पुगेको छ ।
यस साता अन्य उपसमूहको परिसूचक सर्वाधिक ०.८१ प्रतिशत घटेको छ । गत साता २३६८.७१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १९.२१ अंक घटेर २३४९.५० विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी घटेको छ ।













समाचार
सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित
विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्बिर बन्यो उत्कृष्ट
प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना
व्यावसायिक कफी खेतीमा रमाउँदै ‘देवीराम’
साउनको अन्तिम सोमबारः बोलबम यात्रा गर्न भक्तजन सुन्दरीजलमा
मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै
धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन
एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो