
काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजनामा डाटा भिजुअलाइजेसन तालिनम सम्पन्न भएको छ । नाफिज सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्य अनुसार मंगलबार उक्त कार्यक्रम आयोजना गरिएको हो ।
काठमाडौंमा भएको उक्त कार्यक्रममा डाटा भिजुअलाइजेसन गरेर कसरी समाचारलाई आकर्षक बनाउन सकिन्छ भ न्ने विषयमा नाफिज सदस्यहरुलाई तालिम दिइएको हो । उक्त तालिममा नाफिजका २१ जना सदस्यहरुको सहभागिता रहेको थियो । डाटाहरुलाई भिजुअलाइजेसनमार्फत कसरी प्रस्तुती गर्ने भन्ने विषयमा प्रशिक्षक अरुण कार्कीले नाफिज सदस्यहरुलाई तालिम प्रदान गरेका थिए ।
सदस्यहरुको क्षमता अभिवृद्धि अनुसार नै यो कार्यक्रम गरिएको थप तालिमका लागि पनि नाफजले तयार रहेको अध्यक्ष मेनुका कार्कीको भनाइ छ । तालिम लिएका सदस्यहरुले यसको प्रयोग गरेको विषयमा निरीक्षण गरिने र त्यसका आधारमा आगामी दिनमा तालिममा सहभागि गराइने पनि अध्यक्ष कार्कीले बताइन् ।
नाफिज आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धिमा ध्यान दिने भन्दै अध्यक्ष कार्कीले सदस्यहरुबाट माग भएको खण्डमा थप एडभान्स तालिम पनि दिन सकिने बताइन् । ‘यो तालिम लिएका सदस्यहरुले डाटाको भिजुअलाइजेसन प्रयोग गरेको आधारमा थप आवासिय तालिमको पनि आयोजना गर्छौँ । यसका लागि सदस्यहरुले सिकेको कुरालाई प्रयोग गर्नु पर्छ,’ उनले भनिन् ।
तालिममा सहभागी सदस्यहरुले तालिम उपलब्धिपूर्ण बनेको भन्दै यस्ता कार्यक्रमहरु आगामी दिनमा पनि आयोजना गर्नका लागि आग्रह गरेका थिए । डाटालाई विभिन्न प्रकारका चार्ट, नक्सा, पाइचार्ट लगायतमा प्रयोग गरेर अनलाइन सञ्चार माध्याममा प्रयोग गर्ने तरिका व्यवहारीक रुपमा नै सिकाइएको थियो । सैद्धान्तिक भन्दा पनि व्यवहारीक रुपामा सिकाइएका यस्ता तालिमहरु धैरै प्रभावकारी हुने नाफिज सदस्यहरुको भनाइ थियो ।












समाचार
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड