
काठमाडौं । नेपाल राष्ट्र बैंक ले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज ३० अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ । केन्द्रीय बैंकले अल्पकालीन उपकरण ‘निक्षेप संकलन’ मार्फत ८७ दिनका लागि उक्त रकम तान्न लागेको जनाएको हो ।
राष्ट्र बैंकका अनुसार अनलाइन बिडिङ प्रणालीमार्फत आज मध्यान्ह ३ बजेसम्म बोलकबोल गर्न सकिनेछ । बैंक तथा वित्तीय संस्थाले तोकिएको समयभित्र प्रतिस्पर्धात्मक दर उल्लेख गर्दै आवेदन दिन सक्नेछन् । इच्छुक संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको कुल रकमसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ। आवेदन रकम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी हुनुपर्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
यस उपकरणको साँवा तथा ब्याज भुक्तानी २०८३ जेठ ६ गते हुने जनाइएको छ । निक्षेप संकलनमार्फत बजारबाट तरलता तान्दा अल्पकालीन ब्याजदर स्थिर राख्न र वित्तीय प्रणालीमा सन्तुलन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र उक्त निक्षेप संकलन प्रक्रियामा सहभागिता जनाउन सक्नेछन्। हाल बैंकिङ प्रणालीमा अधिक तरलता देखिएको परिप्रेक्ष्यमा केन्द्रीय बैंकले नियमित रूपमा यस्ता उपकरण प्रयोग गर्दै आएको छ ।












समाचार
विदेशी मुद्राको सञ्चिति साढे ३७ खर्ब माथि, १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
चालु खाता ८०२ अर्ब एवम् शोधनान्तर स्थिति ९२६ अर्बले बचतमा
रेमिट्यान्स आप्रवाह ३८ प्रतिशतले बढ्यो, ११ महिनामा २१ खर्ब बढी भित्रियो
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
पर्यटकीय पूर्वाधारमा केन्द्रित जनकपुरधाम
गोरखामा ५८ प्रतिशत धान रोपाइँ सकियो
भदौमा मनकामना इन्जिनियरिङ्ग हाईड्रोपावरको ५४ लाख भन्दा बढी कित्ताको लकइन सकिदै
आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना