
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन कार्यतालिकामा परिमार्जन गरिएको छ । निर्वाचन समितिका सदस्य चिरञ्जीवी ढकालका अनुसार मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यानमा राख्दै समितिले संघको आसन्न निर्वाचन कार्यतालिकामा सोमबार केही संशोधन गरेको हो ।
निर्वाचन समितिले उम्मेदवारी अनलाइनमार्फत पनि दर्ता गर्न सकिने व्यवस्था गरेको जनाएको छ । साथै उम्मेदवार, उनका प्रस्तावक तथा समर्थकको सनाखतका लागि मार्च १२ तारिखसम्म नेपाल आइपुग्न सकिने गरी कार्यतालिका समायोजन गरिएको छ । यस्तै, क्षेत्रीय पदाधिकारीका लागि प्रस्तावक र समर्थक अन्य क्षेत्रबाट पनि हुन सक्ने व्यवस्था गर्ने विषयमा निर्वाचन समितिमा छलफल भइरहेको बताइएको छ । संघको १२औं महाधिवेशन तथा निर्वाचन आगामी मार्च १४ देखि १६ सम्म काठमाडौंमा हुँदैछ ।
फेसबुक प्रतिक्रिया













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि