
काठमाडौं । स्ट्रेट अफ होर्मुजमा फेरि तनाव सिर्जना भएको छ । शनिबार दुई भारतीय जहाजमा गोलीबारी भएका समाचार बाहिरिएका छन् । भारतका झन्डावाहक दुई जहाजमाथि गोलीबारी भएपछि दुवै जहाजले आफ्नो बाटो मोड्नुपरेको बीबीसी हिन्दीले लेखेको छ । बीबीसीले समुद्रमा ट्यांकर आवतजावतको रेखदेख गर्नेवाला वेबसाइट ‘ट्यांकरट्र्याकर्स’लाई उध्दृत गर्दै दुई भारतीय जहाजमाथि गोलीबारी भएपछि बाटो मोड्नुपरेको लेखेको छ ।
भारतीय कार्गो जहाज शीप जग अर्नव र तेल ट्यांकर सनमार हेराल्डमाथि इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर(आईआरजीसी)ले गोलीबारी गरेर आफ्नो बाटोबाट हट्न आदेश दिएको समाचार छ । त्यसपछि दुवै जहाज युटर्न लिएर फर्किएका थिए । तेल ट्यांकर सनमार हेराल्डले इराकबाट तेल भरेर ल्याएको भनिएको छ ।
आजै बेलायतको मेरिटाइम ट्रेड अपरेसन्सले होर्मुज स्ट्रेटमा एक ट्यांकरमा आईआरजीसीले गोलीबारी गरेको बताएको थियो । उसले ओमानबाट २० नटिकल माइल उत्तरपूर्वमा त्यो घटना भएको जनाएको छ । यसअघि शुक्रबार मात्रै इरानी विदेशमन्त्री अब्बास अरागचीले होर्मुज स्ट्रेट पूर्ण रूपमा खुला भएको घोषणा गरेका थिए ।
आज भने इरानी मिडियाले होर्मुज स्ट्रेट बन्द भएको खबर दिएका थिए । इरानी मिडियाका अनुसार इरानी सेनाले होर्मुजमा फेरि आफ्नो नियन्त्रण कायम भएको भन्दै समाचार आएको थियो । त्यसपछि कैयौं जहाज त्यहाँबाट छोडेर आफ्नो बाटो बदलेका थिए । उता अमेरिका र इरानबीचको युद्धविराम सम्झौतामा अब चार दिन मात्रै बाँकी छन् । हालसम्म उनीहरूबीच अर्को चरणको शान्तिवार्ताको कुनै टुंगो लागिसकेको छैन ।
यसअघि पाकिस्तानको इस्लामावादमा भएको शान्तिवार्ता विनानिष्कर्ष टुंगिएको थियो । आजै ट्रम्पले इरानले बुधबार(अप्रिल २२) भित्र ठूलो सम्झौता नगरेर फेरि बमबारी सुरु गर्ने बताएका छन् ।












समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
पर्यटन प्रवर्द्धनका लागि बाँके निकुन्जलाई ‘ब्रान्डिङ’ गरिँदै
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिने
कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै
टेस्ट क्रिकेटमा सबैभन्दा छिटो १०० छक्का प्रहार गर्ने खेलाडी बने ऋषभ पन्त
सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’
संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
मजपोक–ताराखोला सडक स्तोन्नती गर्न पाँच करोड सुनिश्चित
रासायनिक मलको कालोबजारी गरेको आरोपमा मुद्दा
चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार