
बाँके । नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति निर्माण भइरहेको छ । नेपालगञ्ज उपमहानगरपालिकाले १०८ फिट अग्लो हनुमानको मूर्ति बनाइरहेको जनाएको छ । मन्दिरको फाउन्डेसन (बेस) र प्लेटफर्मको काम सकिएपछि अहिले मूर्ति निर्माणको काम सुरु गरिएको उपमानगरपालिकाका इञ्जिनीयर सुरज शर्माले बताए ।
उनका अनुसार हनुमानको खुट्टा ढलानको काम सम्पन्न भएको छ । उपमहानगरपालिका–२ हनुमानगढीस्थित बालदा तलाउमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण हुन लागेको हो ।
उपमहानगरपालिकाले जम्बुदिप कन्स्ट्रक्सन प्रालि काठमाडौंलाई दुई वर्षभित्र निर्माणकार्य सम्पन्न गर्ने गरी १७ मार्च २०२३ मा सम्झौता गरेको थियो । मूर्ति निर्माणका लागि भ्याटसहित रु १० करोड ११ लाख ५२ हजार ४९४ मा ठेक्का सम्झौता भएको इञ्जिनीयर शर्माले बताए ।
नेपालगञ्जमा धार्मिक पर्यटन प्रवद्र्धन गर्नका लागि ऐतिहसिक हनुमानको मूर्ति बनाउन थालिएको हो । भारतको अयोध्यामा राम मन्दिर बनेपछि राम र हनुमानको सम्बन्धलाई एकाकार गर्दै आयोध्यासँग नेपालगञ्जलाई ‘टाइअप’ गर्ने उद्देश्यका साथ हनुमानको मूर्ति निर्माण सुरु गरिएको नगर प्रमुख प्रशान्त विष्टले बताए ।
उनले नेपालगञ्जको धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गर्दै अयोध्यासँगको आध्यात्मिक ‘कनेक्सन’ मा यो मूर्ति कोशेढुङ्गा सावित हुने बताए ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना