
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको नाफामा ३८ प्रतिशतले वृद्धि भएको छ । बैंकलले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ३८.५८ प्रतिशतले नाफा बढेको हो ।
गत आवको तेस्रो त्रैमासिकसम्म २ अर्ब २२ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालू आवको सोही अवधिमा ३८.५८ प्रतिशतको भारी वृद्धि सहित ३ अर्ब ८ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको देखिएको छ । त्यसैगरी समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ६६ करोड १३ लाख रुपैयाँबाट २.७० प्रतिशतले बढेर ६ अर्ब ८४ करोड १२ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ८ अर्ब ३४ करोड ३८ लाख रुपैयाँबाट ६.७३ प्रतिशतले बढेर ८ अर्ब ९० करोड ५५ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज २ अर्ब ३३ करोड १५ लाख रुपैयाँबाट घटेर १ अर्ब ५४ करोड ३७ लाख रुपैयाँमा झरेको कारण खुद नाफासँगै सञ्चालन मुनाफा पनि ३ अर्ब ७१ करोड ७८ लाख रुपैयाँबाट ३१.६३ प्रतिशतले बढेर ४ अर्ब ८९ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।
यता बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७३ करोड २३ लाख रुपैयाँबाट घटेर ७७ करोड ३० लाख रुपैयाँमा झरेको छ । प्रतिसेयर आम्दानी १५.३२ रुपैयाँबाट बढेर १९.६६ रुपैयाँ पुगेको छ भने खराब कर्जा ५.६५ प्रतिशतबाट बढेर ६.३९ प्रतिशत पुगेको छ । प्रतिसेयर नेटवर्थ १७१.२८ रुपैयाँ र बेस रेट ५.२७ प्रतिशत रहेको छ।
बैंकको चुक्ता पूँजी २० अर्ब ९५ करोड रुपैयाँ छ भने जगेडा कोषमा १४ अर्ब १६ करोड रुपैयाँ सञ्चिति रहेको छ। बैंकले २ खर्ब २२ अर्ब ६ करोड रुपैयाँ कर्जा प्रवाह गरी २ खर्ब ७१ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। बैंकको सम्पत्तिको कुल मूल्य ३ खर्ब २५ अर्ब ३९ करोड रुपैयाँ नाघेको छ।













समाचार
बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा
जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
एनपिएलको तयारी अन्तिम चरणमा: कीर्तिपुर मैदानमा के-के फेरिँदै छ?
दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?