
काठमाडौं । केटिएम हस्पिटालिटीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासनको माग गर्दै धितोपत्र बोर्डमा निवेदन दिएको हो ।
यो चितवनको सौराहास्थित पाँचतारे लक्जरी रिसोर्ट ‘रोयल टुलिप चितवन’को सञ्चालक पनि हो । कम्पनीले १०० रुपैयाँ अंकित दरमा १५ करोड ५० लाख रुपैयाँबराबरको कुल १५ लाख ५० हजार कित्ता आइपिओ जारी गर्नेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबी मर्चेन्ट बैंकिङ रहेको छ । आइपिओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ । कम्पनीले चितवनको सौराहामा कुल एक अर्ब ७० करोड पाँच लाख रुपैयाँको लागतमा रिसोर्ट निर्माण सम्पन्न हुने प्रक्षेपण गरिएको छ ।
फेसबुक प्रतिक्रिया










समाचार
धिमे बज्छ, लाखे नाच्छ : व्यासमा मौलिक संस्कृति जोगाउने युवा जोस
जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी
दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र
मनाङमै अड्किए पर्यटक
प्रतिनिधिसभाको बैठक आज बस्दै
दुई बैंकको सेयरमूल्य समायोजन
दोहोरो वायु सक्रिय, ६ प्रदेशमा वर्षाको सम्भावना
डलरको मूल्य स्थिर, पाउण्ड र युरोको घट्दा कुनको विनिमयदर कति ?
‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति, २०८३’ लागू: स्टक ब्रोकर चार श्रेणीमा वर्गीकरण हुने
अध्यादेश निष्कृय भएपछि कानुनी शून्यता हटाउन विधेयक ल्याइएको हो: कानुनमन्त्री गौतम