
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा करिब साढे ३ प्रतिशतको वृद्धि देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा ३.३५ प्रतिशतले वृद्धि भएको हो ।
वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा कम्पनीले ३४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत आवको चैत मसान्तसम्म ३२ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको जीवन बीमाकोष ९ अर्ब ५१ करोड रुपैयाँबाट २५ प्रतिशतले बढेर ११ अर्ब ९० करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै कम्पनीको आम्दानी भने केही खुम्चिएको छ। समीक्षा अवधिमा खुद बीमाशुल्क आर्जन ३ अर्ब ७१ करोड रुपैयाँबाट ५ प्रतिशतले घटेर ३ अर्ब ५२ करोड रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १.६१ प्रतिशतले घटेको छ भने कुल खर्च १.७६ प्रतिशतले बढेको छ । अभिकर्तालाई दिइने कमिशन भने १०.१२ प्रतिशतले वृद्धि भएर ३१ करोड ६७ लाख रुपैयाँ नाघेको छ ।
प्रतिसेयर आम्दानी ११.०७ रुपैयाँबाट घटेर ८.५५ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४१.३८ रुपैयाँ छ । चुक्ता पूँजी ५ अर्ब २८ करोड रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा २३ करोड ३२ लाख रुपैयाँ र जगेडा कोषमा ३० करोड ६४ लाख रुपैयाँ सञ्चिति रहेको छ ।











समाचार
नाडा अटो शोमा सुजुकीको विशेष अफरः २ लाखसम्मको नगद छुट पाउने अवसर
विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल
मनसुनयता सरदरभन्दा कम वर्षा
गाईजात्रा अघि नै बाजाको धुनबाट भक्तपुर गुञ्जायमान
कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म
संखुवासभा गोल्डकप १४ कात्तिकदेखि, पुरस्कार राशी पाँच लाख
आन्तरिक राजस्व कार्यालयद्वारा दुई अर्ब ३१ करोड राजस्व सङ्कलन
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ
सगरमाथा आरोही संघको अध्यक्षमा पोखरेल निर्वाचित