
काठमाडौं । पछिल्लो २४ घण्टामा विभिन्न ११ स्थानमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार काठमाडौँसहित ललितपुर, झापा, मोरङ, धनुषा, बारा, दाङ, डडेलधुरा र अछाममा आगलागीका घटना भएको छ ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार काठमाडौँमा मात्रै तीन ठाउँमा रामघाट, चन्द्रागिरि र तीनचुलीमा आगालागीका घटना भएको छ । तीनचुलीस्थित सिन्धुली खाजा घरमा ग्यास चुहिएर भएको आगलागीमा एक जना घाइते भएका छन् ।
यसैगरी, दाङको गिठेपानीमा रहेको एक किराना पसल र मासु पसलमा आगलागी हुँदा एकजना घाइते भएका छन् । अछामको मङ्गलसेनस्थित घर नजिकै खेतमा बालिएको आगोमा पर्न गरी एक दुई वर्षीय बालिकाको मृत्यु भएको प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा आगालगीसहितका १८ वटा विपद्जन्य घटनामा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । अछाममा आगलागीबाट एक, बारामा सर्पले डसेर एक र डोल्पामा लेक लागेर एक जनाको मृत्यु भएको हो । यसैगरी, विभिन्न जिल्लामा विपद्जन्य घटनामा परेर पाँच जना घाइते भएका छन् ।
प्राधिकरणका अनुसार ती विपद्का घटनाबाट ७७ लाख ९२ हजार बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ । सबैभन्दा बढी बाराको जितपुरमा दाल बोकेको लु२ख ५९४१ नम्बरको ट्रकमा तार सर्ट भई आगलागी हुँदा ७० लाख बराबरको क्षति भएको प्राधिकरणले आज सार्वजनिक गरेको क्षतिको विवरणमा उल्लेख छ ।













समाचार
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात