
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले करिब २ लाख कित्ता सेयर बिक्रीमा राखेको छ । कम्पनीले ७ जना संस्थापक सदस्यहरुको नाममा रहेको १ लाख ७२ हजार ६३४ कित्ता सेयर बिक्रीमा राखेको हो ।
उक्त संस्थापक सेयरमा हाल कायम कम्पनीका सेयरधनीहरुले ३५ दिन भित्र आवेदन पेश गर्न भनिएकोमा उक्त समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेकाले आम सर्वसाधारणले आवेदन दिन पाउने गरि सेयर बिक्रीमा राखिएको हो । कम्पनीले बिक्रीमा राखेको सेयर खरिद गर्न इच्छुक बाह्य व्यक्तिहरुबाट आवश्यक कागजात सहित वित्तीय संस्थाको कर्पोरेट कार्यालय मध्यपुर थिमी १, लोकन्थली, भक्तपुरमा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र लिखित निवेदन पेश गर्नु पर्ने छ ।
कम्पनीले संस्थापक सेयरधनी बिनोद कुमार अग्रवालको ४४ हजार ६२३ कित्ता, कोपिला राइको नाममा रहेको १ लाख कित्ता, बासु खड्काको नाममा रहेको ५ हजार ३६० कित्ता, कुमार भट्टराईको नाममा रहेको ४४७ कित्ता, कुमारी शान्ता आचार्यको नाममा रहेको ९ हजार ३४८ कित्ता, भुवन सिंह तामाङको नाममा रहेको ८ हजार कित्ता र लक्ष्मी भण्डारीको नाममा रहेको ४ हजार ८५६ कित्ता सेयर बिक्रीमा रोखको हो ।













समाचार
मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण
तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर
माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन
डोको बुन्दै, सीप सिकाउँदै
नयाँ बसपार्कमा टिकट लिन रातिदेखि यात्रुको लाइन
शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु अरुका लागि अनुकरणीय
पाकिस्तानलाई १.२ अर्ब डलर सहयोगमा आईएमएफको सहमति
बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर
कांग्रेस १५औँ महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान
मनसुनी वायुको प्रभाव कायमै, ती प्रदेशमा भारी वर्षाको सम्भावना