
काठमाडौं । अमेरिकाले नेपालसहित ५० देशका नागरिकका लागि पर्यटक (बी–२) र व्यापारिक (बी–१) भिसामा धरौटी राख्ने व्यवस्थालाई स्थायी रूपमा लागू गर्ने निर्णय गरेको छ।
नयाँ व्यवस्थाअनुसार नेपाली आवेदकले भिसा प्राप्त गर्नुअघि १० हजारदेखि २० हजार अमेरिकी डलरसम्म (करिब १५ देखि ३० लाख रुपैयाँ) धरौटी राख्नुपर्नेछ। यसअघि परीक्षणका रूपमा लागू गरिएको व्यवस्थामा ५ हजारदेखि १५ हजार अमेरिकी डलरसम्म धरौटी तोक्ने व्यवस्था थियो।
अमेरिकी विदेश मन्त्रालयका अनुसार भिसा अस्वीकृत भएमा वा भिसाको अवधि सकिनुअघि नियमअनुसार स्वदेश फर्किएमा धरौटी रकम पूर्ण रूपमा फिर्ता गरिनेछ। भिसाको अवधि सकिएपछि पनि गैरकानुनी रूपमा अमेरिकामा बस्ने (ओभरस्टे) प्रवृत्ति नियन्त्रण गर्न यो व्यवस्था स्थायी बनाइएको मन्त्रालयले जनाएको छ। दक्षिण एसियाबाट नेपाल, बंगलादेश र भुटानसहित ५० देशका नागरिकमा यो नियम लागू हुनेछ।












समाचार
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
‘कल बाइसपास’मा संलग्न ४ जना पक्राउ
गोलबजार क्षेत्रमा लगाइएको कर्फ्यु आदेश हटाइयो
आवश्यक कागजात नभएका १६८ सिटी सफारी र अटो कारवाहीमा
पोखरालाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा मन्त्री पौडेलको जोड
पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि मेन्टेन एफसीलाई
इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता
ब्रड पिक हिम पहिरो अपडेट : दुई नेपालीसहित थप तीन जनाको शव भेटियो
नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार
नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु